ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा अध्यक्ष र जापानको माथिल्लो सदनका प्रतिनिधिबीच भेट


admin


काठमाडौं, ६ पुस । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टचार भेटघाट भएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार भएको भेटमा दुई देशको सम्बन्ध मित्रता, साझेदारी र द्विपक्षीय सहयोगका आधारमा अगाडि बढिरहेको दुबै पक्षले बताउनुभयो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दुई देशबीच समान विचारका कारण सम्बन्ध समस्यारहित रहँदै आएको धारणा राख्नुभयो । उहाँले जापानको माथिल्लो सदनका चार सदस्यीय प्रतिनिधिमण्डलको भ्रमणले नेपाल र जापानको संसदबीचको सम्बन्ध मजबुद हुने विश्वास व्यक्त गर्नुभयो ।

‘यहाँहरुको भ्रमणले दुई देशको सम्बन्ध सरकार, संसद र जनतासम्म प्रगढ हुने विश्वास लिएको छु,’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सरकार प्रमुख तहमा समेत भ्रमण आदानप्रदान हुन जरुरी छ ।’

अध्यक्ष तिमिल्सिनाले नयाँ संविधान निमार्ण पश्चात तीन तहको निर्वाचन सम्पन्न गरी आवश्यक कानुन निमार्णमा संसद लागिरहेको जानकारी गराउनुभयो ।

साथै उहाँले समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएर अगाडि बढेको सरकारले पूर्वाधारसँगै उद्योग, व्यापार, पर्यटन र कृषिको आधुनिकिकरण जोड दिइरहेको बताउनुभयो । ‘नेपालको समृद्धिको यात्रामा जापानको पूर्ण साथ र सहयोग हुने अपेक्षा लिएका छौं,’ उहाँले भन्नुभयो ।

सो अवसरमा जापानका जनताबीच पनि सुमधुर सम्बन्ध रहेको बताउनुहुँदै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘नेपाल र जापानमा अध्ययन, रोजगारी र व्यापारको शिलशिलामा पुगेका नेपाली पुगेका छन् । त्यस्तै बुद्ध जन्मभूमी नेपालमा जापानी नागरिक घुम्न आउनुहुन्छ । यो संख्या अझै बढ्ने अपेक्षा लिएको छु ।

त्यसैगरी जापानी प्रतिनिधिमण्डलका संयोजक कत्सोमी ओगाआले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको र यसलाई जनस्तरसम्म पु¥याउन आफूहरु नेपाल आएको बताउनुभयो ।

उहाँले भ्रमणका क्रममा नेपालमा जापानको सहयोगमा निमार्णाधिन पाँच परियोजनाको अवलोकन भ्रमण गरेको बताउनुभयो । ‘हाम्रो पुरानो मित्र राष्ट्र नेपाल स्थायी सरकार निमार्ण गरी समृद्धिको यात्रामा रहेको छ,’ उहाँले भन्नुभयो, ‘नेपालको यो यात्रामा सहयोग र साथ दिन तयार छौं ।’ ओगाआले देशको समृद्धिको यात्रामा सबैभन्दा पहिले जनताको वृत्ति विकासमा जोड दिन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com