ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य


एबीसी न्यूज
पुस ३, २०७५ मंगलबार  १० : ४५ बजे

काठमाडौँ, ३ पुस । उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ ।

अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल (लुम)नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्यधिक रहेकाले पाठ्यक्रममा मात्र समावेश गरेर होइन, घर परिवारबाटै यौनिक शिक्षा प्रारम्भ गर्न आवश्यक रहेको सुझाव दिएको छ । सो संस्थाले घर र समाजबाटै त्यस्तो शिक्षाको खाँचो आँैल्याएको हो ।

विद्यालय तहमा यौनिक शिक्षालाई थप प्रभावकारी तुल्याउँदै समाजलाई पनि सजग तुल्याउन सचेत हुनुपर्ने उक्त संस्थाका अध्यक्ष ज्योत्सना लुमले बताउनुभयो । “यौनिकता भनेको यौन सम्पर्क मात्र नभएर यौन अवस्थामा ध्यान दिनुपर्ने विविध खाले स्वास्थ्यसम्बन्धी शैक्षिक ज्ञान हो भन्ने कुरा समाजलाई बुझाउन आवश्यक छ,” उहाँले भन्नुभयो । यौनिकता शिक्षाबाट उमेर नपुग्दै हुने बाल विवाहको रोकथाम, महिला हिंसाविरुद्ध सचेतना र असुरक्षित गर्भपतन नियन्त्रण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

अध्यक्ष लुमले समाजमा भइरहेको विभिन्न खाले घटनाले यौनिकता शिक्षा विद्यालयको पाठ्यक्रममा मात्र समावेश गरेर नहुने बताउनुभयो । “घरपरिवार र समाजबाटै शिक्षा आरम्भ गर्नुपर्छ,” उहाँले भन्नुभयो । अझै पनि ग्रामीण भेगमा ४० प्रतिशत महिलाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथा उमेर नपुग्दै विवाह नहुने बालिका छ जनामध्ये एक जना शारीरिक हिंसाको शिकार हुने गरेको तथ्याङ्क सो अवसरमा प्रस्तुत गरियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक बद्री पौडेलले सुसभ्य समाज निर्माणका लागि महिलालाई सचेत, सकारात्मक, समावेश, स्वावलम्बन, सक्रिय, सशक्त, समान, शिक्षित, स्वतन्त्र र सबल तुल्याउन आवश्यक रहेको धारणा प्रस्तुत गर्नुभयो । यौनिक शिक्षाको अभावमा कार्यक्रममा अपाङ्गता भएका बालबालिका तथा महिलालाई सामान्यभन्दा तीन गुणा बढी सकस ब्यहोर्नु परेको दृष्टान्त सो अवसरमा प्रस्तुत गरियो । उमेर नपुगी विवाह गर्नेमध्ये ३५ प्रतिशत बालिकाले विद्यालय छाड््ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

सम्बन्धित

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com