ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आत्महत्याबाट जोगाउन खोज्दा भएको आक्रमणमा घाइतेको मृत्यु


एबीसी न्यूज
पुस ३, २०७५ मंगलबार  ८ : ४१ बजे

दैलेख, ३ पुस ।  नारायण नगरपालिका–३ भूर्तीमा आत्महत्या गर्न खोजेका व्यक्तिलाई जोगाउन खोज्दा सोमबार दिउँसो भएको आक्रमणमा घाइते महिलाको पनि ज्यान गएको छ । दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेकी ७० वर्षीया जुवारा नेपालीको सोमबार राति ज्यान गएको प्रहरी जनाएको छ ।

आत्महत्या गर्न लागेका २६ वर्षीय बालाराम नेपालीलाई रोक्न खोज्दा कोदालोले हिकाई ४७ वर्षीया आमा पार्वती नेपालीको हत्या गरेका थिए । लगत्तै उनले घरमै बसेकी बज्यै जुवारा नेपाली र अन्य छिमेकी २ महिलालाईसमेत घाइते बनाएका थिए । घाइते ६४ वर्षीया मनधरा नेपाली र २४ वर्षीया कौशिला नेपाली सामान्य उपचारपछि घर फर्किएका थिए ।

नाम्लोले पासो लगाउन खोजेका बालारामलाई त्यसो नगर्न आमा पार्वतीले सम्झाउन खोज्दा उल्टै बालारामले आमामाथि कोदालो प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलको टोलीले बालारामलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखेको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खार्ग टापुमा अमेरिकी बमवर्षा : ट्रम्पले भने– “सैन्य संरचना पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिएको थिएँ”

सम्बन्धित

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा काटिँदैछ आज बिजुली

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

राहदानी वितरण केही साता बन्द हुने

आज शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com