काठमाडौं, २ पुस। नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक सोमबार बस्दैछ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु हुने बैठकमा पार्टी अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुने नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।
गएको शनिबार बसेको बैठकमा अध्यक्षको प्रतिवेदन पेश भएको हो । नेता बामदेव गौतमले पेश गरेको पुरक प्रतिवेदनका विषयमा पनि स्थायी समिति सदस्यले धारणा राख्ने छन् । अध्यक्षहरु ओली र दाहालले पार्टी र सरकारको दिशा सही रहेको तर सुनियोजित रुपमा चौतर्फी प्रहार भइरहेको दाबी गर्नुभएको छ ।बैठकमा लामो समयसम्म पार्टी एकताको कामले पूर्णता पाउन नसको विषयमा पनि छलफल हुनेछ । तत्कालीन एमाले र एकीकृत माओवादीबीच जेठमा एकता भए पनि जिल्ला र स्थानीय तहमा एकताका काम अझै सकिएको छैन ।








प्रतिक्रिया दिनुहोस्