ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

चौधरी र रावलको डिएनए रिपोर्ट विभागमा , दुई प्रहरीसहित ७ जनाको पनि डिएनए जाँच


एबीसी न्यूज
पुस २, २०७५ सोमबार  ७ : ५६ बजे

 

काठमाडौं, २ पुस।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आशंकामा लिइएको स्थानीय प्रदीप रावल र विशाल चौधरीको डिएनए जाँचको रिपोर्ट प्रहरीको अपराध अनुसन्धान विभागमा थन्किएको छ।

बालिका पन्तको हत्या आरोपमा रावल र चौधरी पक्राउ परेपछि हौसिँदै प्रहरी अनुसन्धानमा जुटेको थियो। बयानमा रावलले स्विकार गरिसकेको र उनकै बयानका आधारमा चौधरीलाई पक्राउ गरिएको प्रहरी स्रोतले त्यसबेला बताएको थियो।

स्रोतका अनुसार रावल र चौधरी दुबै जनाको डिएनए नमिलेपछि हौसिएको प्रहरी एकाएक निराश भएको थियो।

यसभन्दा अघि डिएनए जाँच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा हुने गरेको थियो। सोही प्रक्रिया पूरा गर्न प्रहरीले रावल र चौधरीको डिएनए जाँच गर्न नास्ट पठाएको थियो। तर, नास्ट स्रोतले गत बिहीबार नै डिएनए जाँच गरेर प्रहरीलाई पठाइसकेको जनाएको छ। यसभन्दा बढी नास्टले डिएनएको बारेमा आफूले बोल्न नमिल्ने बताएको छ।

नास्टबाट प्रहरीको अपराध अनुसन्धान  विभाग पुगेको डिएनए रिपोर्ट अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। डिएनए रिपोर्टबारे सिआइबीले आफूलाई केही जानकारी नहुने र रिपोर्ट सिधै कन्चनपुर जाने बताएको छ।

दुई प्रहरीसहित ७ जनाको पनि डिएनए जाँच

बालिका पन्तको बलात्कार हत्या आरोपमा प्रहरीले थप ७ जनाको डिएनए जाँच गरेको छ। राष्ट्रिय अनुसन्धान विभागका २ जना सिपाही र थप ५ जना गरी ७ जनाको डिएनए जाँच गरिएको स्रोतले जानकारी दियो। उनीहरुको डिएनए रिपोर्ट भने आइनसकेको स्रोतले जानकारी दियो।

अहिले डिएनए जाँचका लागि पठाइएका सातै जनालाई सिआइबीका डिएसपी अंगुर जिसीको टोलीले सोधपुछ गरेर हत्यामा संलग्न नभएको देखिएको भन्दै छाडेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

बर्दियाका दुवै क्षेत्रमा रास्वपाको जित, क्षेत्र नं. १ मा ठाकुरसिंह फराकिलो मतान्तरले विजयी

सम्बन्धित

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com