ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

नेपाल प्रहरीले गर्यो रासनभत्ता ४० प्रतिशत बढाउन प्रस्ताव


एबीसी न्यूज
मंसिर २६, २०७५ बुधबार  १२ : ०२ बजे


काठमाडौं,२६ मंसिर । नेपाल प्रहरीले महँगीअनुसार ४० प्रतिशत रासनभत्ता बढाउन प्रस्ताव गरेको छ । पछिल्लो चार वर्षदेखि प्रहरीको रासनभत्ता वृद्धि नभएपछि प्रहरीले महंगीअनुसार ४० प्रतिशत बढाउन प्रस्ताव गरेको हो । चार वर्षयता महँगी धेरै बढेको भन्दै रासनभत्ता बढाउन माग गरेको प्रहरीले जनाएको छ ।

अहिलेको रासनभत्ताले खाना खानसमेत नपुगेको प्रहरीको गुनासो रहेको छ । चार वर्षको अवधिमा बढेको महँगी, नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूचकांक, नेपाल उद्योग वाणिज्य महासंघको मूल्यसूची र रासनमा क्यालोरीसमेत बढाएर ४० प्रतिशत भत्ता वृद्धि गर्न प्रहरीको प्रस्ताव छ । लामो समयदेखि रासन वृद्धि नहुँदा समस्या भएकाले वृद्धिका लागि पहल गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता पुनरावलोकनका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेको छ । गृहमन्त्री रामबहादुर थापा, बादलको गृह प्रशासन सुधार मार्गचित्रमा प्रहरीको रासनभत्ता समयानुकूल बनाइने र विभेद हटाइने उल्लेख छ । त्यसैको कार्यान्वयनका क्रममा गृहले सहसचिव महादेव पन्थको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो ।

प्रहरीले पाउने रासनको दररेट जिल्लापिच्छे नै फरक हुन्छ । हरेक जिल्लामा रासनको मूल्य फरक हुने भएकाले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अध्यक्षतामा रहने समितिले यसको टुंगो लगाउँछन् । पहाडी तथा हिमाली जिल्लाहरूमा कार्यालयअनुसार रासनभत्ताको दर फरक हुन्छ । दुर्गम क्षेत्रका प्रहरीले धेरै रासनभत्ता पाउँछन् । काठमाडौंका प्रहरीले दैनिक एक सय ७५ रुपैयाँ पाउँछन् भने हिमाली सीमास्थित ओलाङचुङगोला प्रहरी कार्यालयका प्रहरीले दैनिक पाँच सय ३२ रुपैयाँ पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको सिट संख्या १४ पुग्यो, पाँचथरमा नरेन्द्रकुमार केरूङ विजयी

श्रम संस्कृति पार्टीले खाता खोल्यो, खोटाङमा आरेन राई विजयी

सम्बन्धित

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com