
काठमाडौं,१९ मङ्सिर । पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीले वाईडवडी विमान खरिदका सम्बन्धमा मन्त्रालय गम्भीर रहेको भन्दै आवश्य परे थप अध्ययन अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।
प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा मन्त्री अधिकारीले वाईडवडी खरिदका सम्बन्धमा आवश्यक परे थप अध्ययन गर्न मन्त्रालय तयार रहेको बताउनुभएको हो ।
समिति सदस्यहरुले विवादित विमान खरिद प्रक्रियाबारे सरोकारित मन्त्रालय नै गम्भीर नबनेको , जिम्मेवार मन्त्रीले चित्त बुझ्दो गरि जवाफ दिन नसकेको भन्दै आक्रोश पोखेपछि मन्त्रीले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले मन्त्रालय चुप लागेर नबसेको पनि स्पष्ट पार्नुभयो ।
छानविन समितिको प्रतिवेदनले पनि थुप्रै प्रश्न उब्जाएको भन्दै उहाँले त्यसमाथि पनि अध्ययन जरुरी रहेको बताउनुभयो ।
मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमभित्र कमजोरी पनि भएको स्वीकार गर्दै स्पष्ट छानविन गर्नुपर्छ भन्नेमा मन्त्रालय स्पष्ट रहेको बताउनुभयो । यसबारे समितिले छानविन गरि ल्याउने वास्तविकतालाई मन्त्रालयले प्रक्रियामा लैजाने पनि उहाँले स्पष्ट पार्नुभयो ।
समितिले निगमको वाईडवडी खरिदमा भएको भनिएको आर्थिक अनियमितताका सम्बन्धमा आज मन्त्री अधिकारीसंग छलफल गरेको हो । यसअघि निगमका पदाधिकारी, मन्त्रालयका सचिव लगायत संग छलफल गरेको थियो ।
वाईडवडी खरिद प्रक्रिया नियमसम्बत् नरहेको भन्ने महालेखा परीक्षकको प्रतिवेदन संगै यसमा झण्डै ६ अर्बको आर्थिक अनियमितता भएको चर्चा भएपछि संसदीय समितिले यसमा चासो दे







प्रतिक्रिया दिनुहोस्