ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी र रुसी विदेशमन्त्रीबीच भेटवार्ता


admin
आश्विन २, २०७४ सोमबार  १ : ३२ बजे

न्युयोर्क, २ असोज ।  अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच सोमबार बिहान न्युयोर्कमा भेटवार्ता भएको समाचार छ ।
उहाँहरु संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि न्युयोर्क पुग्नुभएको समाचारमा जनाइएको छ । सोही क्रममा उहाँहरुबीच भेटवार्ता भएको बताइएको छ ।

उहाँहरुबीचको भेटवार्ताको समाचार सङ्कलनका लागि त्यहाँ पुगेका पत्रकारहरुलाई भने उहाँहरुले कुनै प्रतिक्रिया दिनुभएन । तर भेट सुरुहुनु अगाडि सम्वाददाताहरुलाई तस्विर लिने अनुमति दिइएको थियो ।

सो भेटवार्तापछि रुसी विदेशमन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले सम्वाददातालाई भन्नुभयो– सो भेटका क्रममा विशेषगरी सिरियामा देखिएको राजनीतिक सङ्कटका विषयमा कुराकानी भएको थियो ।

मध्यपूर्वमा देखिएको समस्या, मिन्स्क सम्झौता र सिरियामा देखिएको पछिल्लो समस्याका बारेमा सो भेटवार्ताका क्रममा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।

जेनेभामा भएको सहमति बमोजिम शान्तिपूर्ण माध्यमबाट सिरियाली समस्याको समाधान निकाल्ने तथा सैन्य कारबाहीका क्रियाकलापहरुलाई निरुत्साहित गर्ने विषयमा उहाँहरुबीच कुराकानी भएको पनि प्रवक्ताले जानकारी दिनुभएको छ ।

सिरियामा विगत छ बर्षभन्दा लामो समयदेखि हिंसा मच्चिएको छ । सो हिंसामा परी तीन लाखभन्दा बढीको ज्यान गएको छ । अरु लाखौँ व्यक्ति हिंसाको चपेटामा परेका छन् । उक्त समस्याको समाधानका लागि शान्तिपूर्ण वार्ताका प्रयासहरु भएका भए पनि त्यो सम्भव हुन सकेको छैन । सैनिक कारबाहीबाटै नागरिकको ज्यान जाने गरेको छ ।

महासभामा रुसी राष्ट्रपति पुटिन सहभागी नहुने 

यसैबीच न्युयोर्कबाट प्राप्त अर्काे एक समाचारमा यस पटकको संयुक्त राष्ट्रसंघको महासभामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुनुहुने भएको छ । तर उहाँका अमेरिकी समकक्षी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सो सभामा सहभागी भएर आफ्ना धारणा राख्नुहुने भएको छ ।

यस पटक राष्ट्रसंघको ७२ औं महासभाको मुख्य आकर्षण अमेरिकी राष्ट्रपति ट्रम्प हुनुहुने भएका समाचारहरु पनि विभिन्न समाचार समितिहरुले जनाएका छन् ।

उत्तर कोरियाले बारम्बार गरिरहेको आणविक परीक्षण र त्यसको जवाफमा अमेरिकी राष्ट्रपतिले दिने जवाफ वा राष्ट्रसंघले नै यस विषयमा अख्तियार गर्ने रणनीतिलाई मुख्य आकर्षणका रुपमा हेरिएको समाचारमा बताइएको छ ।
राष्ट्रसंघको ७२ औँ महासभा औपचारिक रुपमा यसैहप्ता सुरु हुदैछ । यसको सम्पूर्ण तयारी पूरा भएको र यसका लागि विश्वका नेताहरु यहाँ आउने क्रम सुरु भएको र कतिपय आइसकेको न्युयोर्कबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com