ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनाङमा स्याउ टिप्न शुरु


admin
आश्विन १, २०७४ आईतबार  १ : ०१ बजे

पोखरा, १ असोज ।  स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादनमा वृद्धि हुन गएको कृषि विकास कार्यालयका प्राविधिक सहायक यौवनकुमार सुनुवार बताउनुभयो ।

जिल्लामा गत वर्ष ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउ बिक्रीबाट कृषकले झण्डै रु एक करोड ८० लाख कमाइ गरेका थिए ।

यस वर्ष जिल्लामा ८२५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । जिल्लाको कूल २०५ हेक्टर स्याउको उत्पादन क्षेत्र मानिएपनि कृषकले ८७ हेक्टर जमिनमा स्याउ लगाएका छन् ।

जिल्लाका चार गाउँपालिकामध्ये नेस्याङ, चामे र नास्योङ गाउँपालिकामा मात्रै स्याउ खेती गरिन्छ । उत्पादित अधिकांश स्याउ आन्तरिकरुपमा नै खपत हुने गर्दछ । बाँकी भएको स्याउ जिल्लामा आउने पर्यटक, कर्मचारी र अन्य व्यक्तिले नै खरिद गर्ने गर्दछन् भने केहीले लमजुङको बँेसीशहर र काठमाडौँमा लगेर बिक्री गर्ने गर्दै आएका छन् ।

जिल्लामा अहिले स्याउको मूल्य प्रतिकिलो रु १०० देखि १५० सम्ममा बिक्री हुने गरेको छ । जिल्लामै स्याउका बेर्ना उत्पादन गर्न नर्सरी बनाउन थालिएको छ । यसअघि बैतडी र जुम्लाबाट बेर्ना ल्याई रोप्ने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com