ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाविरुद्ध एकतावद्ध बन्न विश्वका मुसलमान समुदायलाई इरानको आग्रह


एबीसी न्यूज

तेहरान, इरान, ९ मङ्सिर । विश्वभरका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एक बन्न शनिबार इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गर्नुभएको छ ।

साउदी नागरिक तेहरानका ‘दाजुभाई’ भएको भन्दै तेहरानसँग नडराउन साउदी जनतासँग पनि रौहानीले अपिल गर्नुभएको छ ।
अमेरिकासहित बेलायत, जर्मनी, फ्रान्स, चीन र रुसले समेत हस्ताक्षर गरेको सम्झौताबाट गत मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरु सम्झौताबाट पछि हटेको घोषणा गरेर इरानामथि कठोर आर्थिक प्रतिबन्धको घोषणा गरेपछि इरानले विश्वभरका मुसलमानलाई अमेरिकाविरुद्ध एक भएर अघि बढ्न आग्रह गरेको हो ।

अमेरिकासँग उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा सहकार्य गर्दै आएका युरोपेली राष्ट्रहरु इरानसँगको सम्झौतामा प्रतिवद्ध रहने भनेपछि अमेरिका उक्त बिषयमा यूरोपबाट एक्लिएको छ ।
तर कतिपय यूरोपेली कम्पनीहरू हाल आएर यसमा अडिग रहँदा अमेरिकासँगको सम्बन्धमा असर पर्ने आशंकाले चिन्तित देखिन्छन् ।
“अमेरिकाले हाल मध्यपूर्वलाई दास बनाउन खोजेको छ,” इरानी राष्ट्रपति रौहानीले तेहरानमा आयोजित मुसलमान एकता सभालाई सम्बोधन गर्दै बताउनुभयो ।

इजरायललाई मुसलमान समुदायमा क्यान्सर रोगको ट्युमरको सज्ञा दिँदै उहाँले भन्नुभयो, “अपराधीलाई रातो कार्पेट विछ्याइदिनुभन्दा मुसलमान सरकारहरू एक भएर अमेरिकाको विरोध गर्नु आजको आवश्यकता हो ।”

सिया समुदायको सुन्नी प्रतिस्पर्धी साउदी अरबलाई अमेरिकाबाट लिने सैन्य सहयोग त्याग्न अनुरोध गर्दै र हामी साउदी अरबको हितका लागि सुरक्षा दिन र ‘आतङ्कवाद’ र महाशक्तिसँग सम्पूर्ण मुसलमानको शक्तिलाई एकवद्ध गर्न नेतृत्व गर्न तयार रहेको रौहानीले बताउनुभयो ।

प्रसिद्ध सिया धर्मगुरुलाई मृत्युदण्ड दिएको घटनापछि साउदी अरबको इरानस्थित कुटनीतिक नियोगमा भएको इरानी मुसलमानले गरेको आक्रमणसँगै रियादले सन् २०१६ को जनवरीदेखि कुटनीतिक सम्बन्ध तोडेको छ । साउदी अरबले खाडी मुलुकका सियाहरूलाई विवादमा फसाएको भन्दै इरानमाथि आरोप लगाउँदै आएको थियो । त्यसपछि रियाद र तेहरानले यमन र सिरियामा भएको गृहयुद्धमा परस्पर विरोधी समूहलाई सघाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com