ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाविरुद्ध एकतावद्ध बन्न विश्वका मुसलमान समुदायलाई इरानको आग्रह


एबीसी न्यूज
मंसिर ९, २०७५ आईतबार   ८ : २९   बजे

तेहरान, इरान, ९ मङ्सिर । विश्वभरका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एक बन्न शनिबार इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गर्नुभएको छ ।

साउदी नागरिक तेहरानका ‘दाजुभाई’ भएको भन्दै तेहरानसँग नडराउन साउदी जनतासँग पनि रौहानीले अपिल गर्नुभएको छ ।
अमेरिकासहित बेलायत, जर्मनी, फ्रान्स, चीन र रुसले समेत हस्ताक्षर गरेको सम्झौताबाट गत मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरु सम्झौताबाट पछि हटेको घोषणा गरेर इरानामथि कठोर आर्थिक प्रतिबन्धको घोषणा गरेपछि इरानले विश्वभरका मुसलमानलाई अमेरिकाविरुद्ध एक भएर अघि बढ्न आग्रह गरेको हो ।

अमेरिकासँग उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा सहकार्य गर्दै आएका युरोपेली राष्ट्रहरु इरानसँगको सम्झौतामा प्रतिवद्ध रहने भनेपछि अमेरिका उक्त बिषयमा यूरोपबाट एक्लिएको छ ।
तर कतिपय यूरोपेली कम्पनीहरू हाल आएर यसमा अडिग रहँदा अमेरिकासँगको सम्बन्धमा असर पर्ने आशंकाले चिन्तित देखिन्छन् ।
“अमेरिकाले हाल मध्यपूर्वलाई दास बनाउन खोजेको छ,” इरानी राष्ट्रपति रौहानीले तेहरानमा आयोजित मुसलमान एकता सभालाई सम्बोधन गर्दै बताउनुभयो ।

इजरायललाई मुसलमान समुदायमा क्यान्सर रोगको ट्युमरको सज्ञा दिँदै उहाँले भन्नुभयो, “अपराधीलाई रातो कार्पेट विछ्याइदिनुभन्दा मुसलमान सरकारहरू एक भएर अमेरिकाको विरोध गर्नु आजको आवश्यकता हो ।”

सिया समुदायको सुन्नी प्रतिस्पर्धी साउदी अरबलाई अमेरिकाबाट लिने सैन्य सहयोग त्याग्न अनुरोध गर्दै र हामी साउदी अरबको हितका लागि सुरक्षा दिन र ‘आतङ्कवाद’ र महाशक्तिसँग सम्पूर्ण मुसलमानको शक्तिलाई एकवद्ध गर्न नेतृत्व गर्न तयार रहेको रौहानीले बताउनुभयो ।

प्रसिद्ध सिया धर्मगुरुलाई मृत्युदण्ड दिएको घटनापछि साउदी अरबको इरानस्थित कुटनीतिक नियोगमा भएको इरानी मुसलमानले गरेको आक्रमणसँगै रियादले सन् २०१६ को जनवरीदेखि कुटनीतिक सम्बन्ध तोडेको छ । साउदी अरबले खाडी मुलुकका सियाहरूलाई विवादमा फसाएको भन्दै इरानमाथि आरोप लगाउँदै आएको थियो । त्यसपछि रियाद र तेहरानले यमन र सिरियामा भएको गृहयुद्धमा परस्पर विरोधी समूहलाई सघाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

अमेरिकाको एडवार्ड्स एयर फोर्स बेसमा बी-५२ बमवर्षक विमान दुर्घटना: ८ जनाको मृत्यु

सम्बन्धित

अमेरिकाको एडवार्ड्स एयर फोर्स बेसमा बी-५२ बमवर्षक विमान दुर्घटना: ८ जनाको मृत्यु

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

तियानजिन फेसन विकमा मानवसदृश रोबोटद्वारा रचनात्मक उद्घाटन नृत्य प्रदर्शन

युद्धको घाउ र भग्नावशेषबीच ब्युझिँदै लेबनानको ऐतिहासिक शहर टायर

मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group