ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेक्सिकोतर्फको सीमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की


admin

एजेन्सी ,७ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिनु भएको बताइएको छ ।

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्ति सुरक्षामा बाधा पुगेको भन्दै उहाँले सो चेतावानी दिनुभएको समाचारमा जनाइएको छ । साथै अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की दिनुभएको पनि एक अर्काे समाचारमा जनाइएको छ ।

आवश्यक परिस्थतिअनुसार सीमास्थित सुरक्षा फौजलाई शक्ति प्रयोग गर्न समेत आफूले अनुमति दिएको ट्रम्पले बताउनु भएको छ । मेक्सिकोको सीमा क्षेत्रबाट प्राय हन्डुरसका आप्रवासी हजार किलोमिटर यात्रा गरेर मेक्सिकोतर्फ आइपुगेका छन् ।

यसरी बलजफ्ती आउने क्रममा उनीहरुलाई रोक लगाउन सीमा बन्द गरिने उहाँले चेतावनी दिनुभएको हो । ती अमेरिकी देशहरुमा परेका विभिन्न समस्याका कारण आफ्नो देशमा व्याप्त आर्थिक कठिनाई तथा हिंसाबाट बच्न उनीहरू अमेरिका जान चाहन्छन् ।

स्थानीय अधिकारीहरूका अनुसार ती क्षेत्रहरुबाट अहिले पनि थप आप्रवासीहरू आउने क्रम जारी नै रहेको छ । यसरी उनीहरूलाई स्वतन्त्र रुपमा छोडिदिने हो भने यसरी आउनेहरुको कुल सङ्ख्या १० हजार पुग्नेछ ।

यसअघि राष्ट्रपति ट्रम्पले सीमा क्षेत्रमा करिब ६ हजार जना सुरक्षाकर्मी परिचालन गर्नुभएको जानकारी दिनुभएको थियो । उहाँले हालैमात्र पनि यसरी ती व्यक्ति अमेरिका प्रवेश गर्न खोज्नुलाई आप्रवासीहरुको अतिक्रमणको सङ्ज्ञा दिनुभएको थियो ।

यतिमात्र नभएर उहाँले ती व्यक्तिहरुलाई आक्रमणकारीको पनि सङ्ज्ञा दिनुभएको थियो । उहाँले ती आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने र यदि आवश्यक परेमा मेक्सिकोतर्फको सीमा र व्यापारिक सम्बन्ध समेत अमेरिकाले चाहेको समय सम्मका लागि बन्द गरिदिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com