
काठमाडौं,७ मङसिर । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥याण्डी बेरीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपालको राजदुतको रुपमा कार्यभार सम्हालेकोमा राजदुत बेरीलाई बधाई दिँदै उहाँको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप उचाईमा पुग्ने विश्वाँस व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
उहाँले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गर्नुभयो ।
भेटमा राजदुत बेरीले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप मजबुत बनाउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।
उहाँले मानव तस्करी नियन्त्रण, भुटानी शरणार्थी, तिब्बती शरणार्थीको व्यवस्थापन लगायतका विषयमा चाँसो राख्नुका साथै नेपाल आउने अमेरिकी पर्यटकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्ने विषय उठाउनुभएको थियो ।







प्रतिक्रिया दिनुहोस्