
चितवन,६ मङसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा राप्रपा र नेपाली कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । विहिबार बिहान भरतपुर महानगरपालिका वडा नं २१ मा नेता तथा कार्यकर्ता प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले माला र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।
प्रवेशका क्रममा अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नै देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी भएको बताएका छन । नेकपामा प्रवेश गर्दै नवप्रवेशीहरुले देशको मुहार फेर्ने पार्टी नेकपा भएकाले आफूहरु यो पार्टीमा आएको बताएका छन ।
प्रचण्डले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने बताएका छन । अहिले सरकारमा निकै गम्भीर रुपले यो समस्याको गम्भीररुपमा नीतिगत समिक्षा भइराखेको प्रचण्डले बताए ।







प्रतिक्रिया दिनुहोस्