ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले मन्त्रालयलाई दिए यस्तो निर्देशन


admin
मंसिर ६, २०७५ बिहीबार  १० : ४७ बजे

काठमाडौं,६ मङसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई नगर्न सबै मन्त्रालयलाई निर्देशन दिनु भएको छ ।
बुधबार सिंहदरबारमा बसेको चालू आर्थिक वर्षको पहिलो चौमासिक समिक्षा बैठकमा मन्त्रालयहरुको कार्य प्रगति विवरण सन्तोषजनक नरहेको पाइएपछि प्रधानमन्त्री ओलीले बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन घोषित लक्ष्य अनुसार छिटो सम्पन्न गर्न सबै मन्त्रालयलाई सचेत गराउनु भएको हो ।

चालू आर्थिक वर्षको लक्ष्यअनुसार बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई नगर्न मन्त्रालयहरुलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले अर्को चौमासिक बैठकमा लक्ष्यअनुसार काम गर्न पनि सबै मन्त्रालयलाई सचेत गराउनु भयो । बुधबारको बैठकमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, सहरी विकास, कृषि, उद्योग मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य प्रगति विवरणको समिक्षा गरिएको थियो ।

ती मन्त्रालयहरुले विगतको भन्दा करिब ३९ प्रतिशतले कार्यप्रगति गरेको पाइए पनि चालू आर्थिक वर्षको लक्ष्यअनुसार असन्तुष्टि हुने अवस्था भने नरहेको अर्थमन्त्री खतिवडाले बताउनु भयो ।

बैठकमा मन्त्रालयहरुले मन्त्रालय, अन्तर मन्त्रालयलगायतका समस्याका कारण लक्ष्य अनुसार कार्य प्रगति गर्न नसकेको जानकारी पनि प्रधानमन्त्री ओलीलाई गराएका थिए । अन्य मन्त्रालयको समिक्षा बिहिबार र शनिबार गर्ने प्रधानमन्त्री ओलीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com