
काठमाडौं, ५ मंसिर । सुनसरीको दुहवी नगरपालिका–९ का इटा व्यावसायी फिदा हुसैन हत्याको अनुसन्धानका लागि प्रहरीले ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
हत्यारा हुनसक्ने वा त्यसको सुराक पाउन सक्ने आशंकाका आधारमा दुहवी प्रहरीले सोही इटा उद्योगमा काम गर्ने ६ जनालाई पक्राउ गरी छानबिन थालेको हो ।
इटा उद्योगमा कार्यरत मजदूर र सुरक्षा गार्डलाई पक्राउ गरी फिदाको हत्या गर्नसक्ने कारण पत्ता लगाउन प्रहरीले तुरुन्तै काम थालेको हो ।
प्रहरी उच्च स्रोतले भन्यो,‘हत्या कसले केका लागि गरेको हो भन्ने सुराकदेखि हत्यारा पत्ता लगाउनका लागि केहीलाई नियन्त्रणमा लिइएको हो ।’ पक्राउ गरिएकाको विवरण गोप्य राखिएको छ ।







प्रतिक्रिया दिनुहोस्