ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपत्ति सामना हुनेगरी भौतिक संरचना निर्माण गर्नुपर्छ :  उपराष्ट्रपति पुन


admin
मंसिर ३, २०७५ सोमबार  १२ : २३ बजे

काठमाडौं,३ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विपत्ति सामना हुनेगरी भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ ।

उपराष्ट्रपति पुनले भौगोलिक जटिलतामा उभिएको नेपालले भू-विज्ञानसम्बन्धि ज्ञानको सदुपयोग गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । सोमबार काठमाडौंमा आयोजित भू-वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उहाँले भू–विज्ञानसम्बन्धि ज्ञानको आधारमा सडक लगायतका पूर्वाधार निर्माण गर्न सके विगतमा जस्तो प्राकृतिक विपत्तिको सामना गरिरहन नपर्ने पनि उल्लेख गर्नु भयो ।

उपराष्ट्रपति पुनले प्राकृतिक स्रोत, साधनको उपयोग गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा अन्तराष्ट्रिय समुदायको सहयोग निरन्तर रहिरहने विश्वास पनि व्यक्त गर्नु भयो ।

भारत, चीन, अमेरिका, इटालीलगायत ११ देशका १ सय ८० भन्दा बढि भू-वैज्ञानिकहरु सहभागी रहेको सम्मेलनले भू जोखिम न्यूनिकरण, पानीको व्यवस्थापन, खनिज उत्खनन लगायतका विषयमा गहन छलफल गर्नेछ ।

भू–जोखिमबाट बच्न र मुलुकको समृद्धिका लागि प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन गर्न सम्मेलन उपयोगी हुने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवम् सम्मेलन आयोजक समितिका सहसंयोजक सुबोध ढकालले जानकारी दिनु भयो ।

सम्मेलनमा आर्थिक समृद्धि र दिगो विकासका लागि भू विज्ञानका उपयोगिताका विषयमा पनि विस्तृत छलफल हुनेछ ।

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले धेरै जनधनको क्षति भएपछि त्यसको उचित व्यवस्थापनका लागि नेपालमा विपद व्यवस्थापनसम्बन्धि विभिन्न अन्तराष्ट्रिय सम्मेलन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com