ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहुँचको भरमा योजना छनोट गर्ने प्रवृत्ति हटाउनुपर्छ : मुख्यमन्त्री भट्ट


admin
मंसिर २, २०७५ आईतबार  ४ : २० बजे

धनगढी, २ मङ्सिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहुँचका आधारमा विकासका योजना छनोट गर्ने प्रवृत्तिले प्रभावकारी कार्यान्वयनमा समस्या उत्पन्न हुने गरेको बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगको पहलमा आजदेखि यहाँ शुरु भएको ‘दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन मूल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास’ कार्यक्रममा उहाँले पहुँचका आधारमा योजना बन्ने प्रवृत्ति हटाउन नसकिए समृद्धि नआउने धारणा व्यक्त गर्नुभयो ।

बदलिँदो परिवेशमा जनताको माग र आवश्यकताअनुसारका योजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्रीले भन्नुभयो, “नजीकको नाता र ठूलो मान्छेका आधारमा योजना बन्ने प्रवृत्तिले योजनाको कार्यान्वयनमा समस्या छ ।” कुन तहका योजनालाई कुन सरकारले अगाडि बढाउने भन्ने विषयमा हाल देखिएको अन्यौलता हटाउन पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले आयोगले अहिले दीर्घकालीन सोच बनाउने, पन्ध्रौँ योजना बनाउने, तहगत रुपमा समन्वयका काम गर्ने, तथ्याङ्क प्रणाली बलियो बनाउनेलगायत कामलाई प्राथमिकता दिएको बताउनुभयो । आयोगका सदस्य सुशील भट्टले विकाससम्बन्धी योजनाहरुलाई परिणाममुखी बनाउने गरी आयोगले आवश्यक योजना बनाइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा, प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीलगायतले दिगो विकास मैत्री योजना र तिनको कार्यान्वयनको बारेमा बोल्नुभएको थियो । तीनदिने उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सहसचिव, प्रदेशसभाका विषयगत समितिका सभापति, सभामुख, उपसभामुख लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com