ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामी राजश्वबाटै तलबभत्ता खाने हो :अर्थमन्त्री खतिवडा


admin
मंसिर १, २०७५ शनिबार  ३ : ०० बजे

काठमाडौं, १ मङसिर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सम्मानको हक दार हुने गरि कार्य सम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।

आन्तरिक राजश्व विभागले सातौ कर दिवसको अवसरमा सनिबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले इमान्दार भएर कार्यसम्पादन गर्न कर अधिकृतहरुलाई निर्देशन दिनुभएको हो ।

करदाता संग सम्मानपुर्वक प्रस्तुत हुनुको साथै न्युन करका लागि उनीहरुसंग मोलाहिज्जा नगर्न पनि उहाँले सचेत गराउनुभयो । उहाँले भन्नुभयो “तपाईहरु सम्मान लिन तयार हुनुहोस् कारवाही भोग्न तयार नहुनुहोस् । त्यो राम्रो हुदैन । यो मेरो अनुरोध पनि हो ।

राज्यका आँखामा कोही पनि छुट्दैन ।” उहाँले राजश्वबाट तलब भत्ता खाने सबै कर्मचारी कर संकलनको सवालमा सजग र इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “हामीले राजश्ववाटै तलबभत्ता सुविधा खाने हो, यहाँ हामीले मोलाहिज्जा गर्यौ भने भोली हाम्रो तलब खाने स्थिति बन्दैन भन्ने कुरा सरकारी राजश्वबाट तलब भत्ता खाने हामी सबैले बुझ्नुपर्छ । ”

उहाँले कारोबार अर्थात् आम्दानीकै आधारमा कर तिर्ने कुराको करदातालाई जानकारी गराउनुको साथै डर धम्कीको भाषा नभई सम्मानपुर्वक व्यवहार गर्न पनि कर्मचारीहरुलाई सुझाउनुभयो ।

कर प्रणालीलाई निजी क्षेत्र लगानी मैत्री बनाउने लक्ष्य अनुसार सरकारले उपभोक्ताको हितलाई प्रतिकूल असर नपर्ने गरि आधारभुत उद्योगहरुको संरक्षण गर्ने किसिमले कर प्रणालीलाई पुर्नसंरचना गरिने अर्थमन्त्री खतिवडाले बताउनुभयो । आन्तरिक पुँजी निर्माण लगायतका लागि पनि सरकारले छनौट पुर्ण ढंगले सिमित समय सम्मका लागि केही आधारभुत उद्योगहरुलाई संरक्षण गर्ने नीति लिएको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा अर्थ सचिव डाक्टर राजन खनालले कर प्रणालीलाई छिटैनै अनलाईन प्रणालीमा लैजाने बताउनुभयो । कर प्रणाली पुर्ण रुपमा अनलाईन प्रविधिमा गएपछि करमा दर्ता हुने प्रक्रिया सजिलो भएपनि कर तिर्ने, कर गणना र नोक्सानीमा पर्दा करप्रणालीबाट बाहिर निस्कने प्रक्रिया जटिल भएको भन्दै करदाताबाट आउने सबै गुनासोहरुको सम्बोधन हुने दाबी उहाँले गर्नुभयो ।

करको विवरण अनलाईनबाट भर्ने व्यवस्था भएपनि कर तिर्न, कर चुक्ता लिन तथा करमा दर्ताका लागि करदाता स्वयम् कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था छ । साथै अनलाईन कर विवरण बुझाउने सम्बन्धमा पनि करदातालाई पर्याप्त जानकारी गराउन नसक्दा विभिन्न किसिमको झन्झट व्यहोर्नु परेको गुनासो करदाताबाट हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com