काठमाडौं,२८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह तथा प्रदेशमा कर्मचारी समायोजन प्रक्रिया चाडै पूरा हुने बताउनुभएको छ ।
म्याग्दीको मंगला गाउपालिका वडा नम्बर २ सिमलचौरमा मंगलबार स्थानीय अगुवा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले आवश्यक ऐन निर्माणले पूर्णता पाएपछि स्थानीय र प्रदेश सरकारहरुले कर्मचारी र अधिकारका लागि माग गरिराख्नु नपर्ने बताउनुभएको हो ।
स्थानीय तहहरु अहिले पनि सिद्धान्ततः सरकार नै भएको र प्राकृतिक स्रोत र साधन व्यवस्थापनसम्बन्धी आयोग बनेपछि व्यवहारमै सिंहदरबारको अधिकार गाउँमा पुग्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।
उहाँले संविधानमा उल्लेख भए बमोजिम नागरिकको सेवा र सुविधाका लागि सिंहदरबारको अधिकार स्थानीय सरकार मार्फत गाउँमै आउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्