ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारको सहज पहुँचमा पुगे पहाडी क्षेत्रका बासिन्दा


admin
कार्तिक २५, २०७५ आईतबार  १० : ५६ बजे

परासी, २५ कात्तिक । पश्चिम नवलपरासीको विकट पहाडी क्षेत्रका बासिन्दा सञ्चार सेवाको सहज पहुँचमा पुगेका छन् । पश्चिम नवलपरासी तराई भए पनि यहाँ विकट पहाडी क्षेत्र पनि छ । पाल्पाको सीमासँग जोडिएका केही पहाडी बस्ती सुनवल र बर्दघाट नगरपालिकाअन्तर्गत पर्दछन् ।

नगरपालिकाभित्र परे पनि पहाडी क्षेत्रका बस्ती विकट छन् । त्यहाँका नागरिक यातायात, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतको असहजतामा बाँच्दै आएका छन् । त्यही विकट पहाडी क्षेत्रका नागरिकलाई लक्षित गरी बर्दघाट नगरपालिकाको पहाडी क्षेत्र संसारकोटमा नगरपालिकाको पहलमा नेपाल टेलिकमले जीएसएम मोबाइल बीटीएस टावर सञ्चालनमा ल्याएको छ ।

टावर सञ्चालन भएपछि अहिले त्यस क्षेत्रका नागरिक सञ्चारको सहज पहुँचमा पुगेका छन् । नगरपालिकाको वडा नं २ मा पर्ने सो क्षेत्र बर्दघाट बजारबाट करीब दुई घण्टा उकालो पैदलयात्रापछि पुग्न सकिन्छ । सडकको ट्र्याक खुले पनि यातायातको साधन सञ्चालनमा नआएकाले सो क्षेत्र नगर भए पनि विकट छ ।

त्यहाँ टावर सञ्चालन भएपछि बर्दघाट–२ को आमबास, बाँसखोला, सुखौरा, पटुके, तिल्केनी, संसारकोटलगायतका पहाडी बस्तीका गाउँलेलाई सहज भएको छ । मोबाइल टावर नहुँदा यसअघि सो क्षेत्रका नागरिकलाई सञ्चारमा निकै असहजता थियो ।

नेपाल टेलिकमको टावर स्थापना भएपछि खुशी हुँदै संसारकोटका स्थानीय प्रेम सोमइ मगरले भन्नुभयो– “हाम्रो गाउँसहित पहाडी क्षेत्रका धेरै युवाहरु वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा छन्, तर मोबाइलको नेटवर्क सहज नहुँदा घरपरिवारसँग कुराकानी गर्न निकै असहज थियो, कतै फोन गर्न परे तत्काल फोन नलाग्ने, लागिहाले पनि आवाज नबुझिनेजस्ता समस्या हामीले भोग्दै आएका थियौँ, अव निकै सहज भएको छ ।”

टावर सञ्चालन भएसँगै सो क्षेत्रमा इन्टरनेट प्रयोगमा पनि सहजता आउने नेपाल टेलिकमले जनाएको छ ।

सहज रूपमा मोबाइल प्रयोग गर्न पाएपछि बर्दघाटका उच्च पहाडी भेगका नागरिकमा खुशीयाली छाएको छ । केही दिनअघि सो सेवाको शुभारम्भ गर्दै बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले अब नागरिकले सहज रूपमा सञ्चार सेवा प्रयोग गर्न पाउने भन्दै बर्दघाट नगरपालिकाको पहाडी भेगलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजनामा सञ्चारको सहज पहुँचले एउटा इँट्टा थपेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

सम्बन्धित

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com