
काठमाडौं,१९ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको बताएका छन ।
नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले उक्त्m कुरा बताएका हुन ।
प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको कामकारवाहीको गति बढाउने बताए । ‘हिलोमैलो सिजनमा सरकार एक नम्बर गियरमा चलेको बताए । उनले भने ,अब गियर फेरेर पनि सरकार अगाडि जान्छ,’
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको बताएका छन् ।यद्यपि उनले मोदीको नेपाल भ्रमणको सम्भावना अझै रहेको बताए ।







प्रतिक्रिया दिनुहोस्