ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउदीको उच्च तहबाटै खशोग्गीको हत्या : टर्कीका राष्ट्रपति एर्दोगान


admin
कार्तिक १७, २०७५ शनिबार  ५ : २४ बजे

अङ्करा, १७ कात्तिक । साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या साउदी अरबकै उच्च तहको संलग्नतामा भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आरोप लगाउनुभएको छ ।

टर्कीस्थित साउदी वाणिज्य दूतावासमा गएका बेला साउदी अरबको उच्च नेतृत्वकै निर्देशनमा खशोग्गीको हत्या भएको उहाँको दावी छ ।

टर्कीकी महिलासँग बिहेका लागि आवश्यक कागजात लिन खशोग्गी गत अक्टोबर २ मा वाणिज्य दूतावास जानुभएको थियो ।

राष्ट्रपति एर्दोगानले पहिलो पटक प्रत्यक्षरूपमा साउदी सरकारलाई खशोग्गीको हत्याको आरोप लगाउनुभएको हो ।

अमेरिकी पत्रिका द वाशिङटन पोस्टमा प्रकाशित उहाँको एउटा लेखमा भनिएको छ, “हामीलाई थाहा छ खशोग्गीको हत्या गर्ने आदेश साउदी सरकारको उच्च तहबाटै आएको हो ।”

राष्ट्रपति एर्दोगानले खशोग्गीको हत्यामा राजा सलमानको संलग्नता रहेको कुरामा भने आपूmलाई विश्वास नलागेको बताउनुभएको छ ।

उहाँले साउदी अरबसँगको टर्कीको मित्रवत् सम्बन्धमा यही घटनाका कारण असर पर्न नहुनेमा पनि जोड दिनुभएको छ ।

टर्कीका अनुसन्धानकर्ताले निर्वासित जीवन विताइरहेका पत्रकार खशोग्गी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएका बेला घाँटी अठ्याएर हत्या गरिएको दावी गरेका छन् ।

शुरूमा साउदी अरबले ढाकछोप गर्न खोजेको खशोग्गी हत्या प्रकरणले साउदी अरब र अन्य देशको सम्वन्धमा समेत असर पारेको छ ।

खशोग्जीले स्तम्भ लेख्ने गरेको वाशिङटन पोस्टमै लेख लेख्दै एर्दोगानले साउदी अरबमा पक्राउ परेका १८ सन्दिग्धमध्ये नै दोषी भएको दावी गर्नुभएको छ ।

दशकौँसम्म साउदी राजपरिवारको निकट रहेर सरकारको सल्लाहकारका रूपमा पनि काम गर्नुभएका पत्रकार खशोग्गीको पछिल्लो समय राजपरिवारसँगको सम्बन्ध विग्रिएको थियो ।

राजपरिवारबाट टाढा भएपछि उहाँले अमेरिकामा निर्वासित जीवन विताउदै वाशिङ्टन पोष्टमा लेख लेख्दै आउनु भएको थियो ।

मासिकरुपमा स्तम्भ लेख्न थालेपछि उहाँले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिको आलोचना गर्ने गर्नुभएको थियो । त्यही आलोचक भएकैले उहाँको हत्या भएको कतिपयको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com