
काठमाडौं,१७ कात्तिक । अस्पतालबाट हिजो डिस्चार्ज हुनुभएका प्रधानमन्त्री केपी ओलीलाई अझै एक हप्ता पुर्ण आरामको जरुरी रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्रीलाई १ साता बालुवाटारमै बसेर सकेसम्म भेटघाट कम गरेर पुर्ण आराम गर्नुपर्ने आवश्यक्ता रहेको चिकित्सकको भनाई छ ।
थप सक्रमणबाट बच्न तथा औषधिको पुर्ण मात्रा मिलाउन एक साताको आराम आवश्यक रहेको उपचारमा संलग्न बरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डा. अरुण सायमीले बताउनुभयो ।
बाहिर भिडभाडमा निस्कदा सक्रमणको संभावना बढी हुने भएकाले थप केहिदिन प्रधानमन्त्री निवासमै आराम गर्न र भेटघाट कम गर्न सुझाव दिनुभयो । यो बीचमा प्रधानमन्त्रीलाई निरन्तर चिकित्सकीय निगरानीमा राखिने सायमीको भनाई छ । चिकित्सकको सुझाव अनुसार नै प्रधानमन्त्रीको सचिवालयले पनि केही दिन कुनै औपचारिक कार्यक्रम राखेको छैन ।







प्रतिक्रिया दिनुहोस्