
भैरहवा,१७,कात्तिक । नेकपामा अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहालले भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल समयमै सक्न निर्देशन दिएका छन् ।
शनिबार पार्टीको कार्यक्रममा सहभागी हुन महासचिव बिष्णु पौडेलसंगै आएको अध्यक्ष प्रचण्डले विमानस्थल निमार्ण कार्यको अवलोकन गर्दै समयमै काम सक्न निर्देशन दिएका हुन ।
विमानस्थलका सबै भौतिक निमार्ण क्षेत्रको अवलोकन गरि समयमै काम सम्पन्न गर्न चिनीया ठेकेदार कम्पनी र नागरीक उड्यन प्राधीकरणलाई निर्देशन दिए । राष्ट्रिया महत्वको योजना रहेकाले यसलाई छिटो छरितो रुपमा काम गर्नु प्रचण्डले पर्ने बताएका छन ।उनले भने ,बिगदमा के भए कसो भए त्यसतर्फ म जान चाहन्न अब जसरी हुन्छ, निमार्ण सम्पन्न गर्ने तर्फ लाग्नुहोस ।
निमार्ण कार्य अवलोकनका क्रममा नागरीक उड्यन प्राधिकरणका महानिर्देशक संञ्जिव गौतमले ब्रिफिड. गरेका थिए । बिमान स्थलको ५५ प्रतिशत भौतीक प्रगति भैसकेको उनले बताए । अबको बढिमा छ महिनामा रनवेको काम सम्पन्न भएर सोही रानवे बाट विमान उडान अवतरण गरिने बताए ।







प्रतिक्रिया दिनुहोस्