ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियामै उत्कृष्ट मानिएको नेपाल प्रहरी निर्मला प्रकरणमा उपलब्धि विहिन ( भिडियाेसहित)


एबीसी न्यूज

काठमाडौं, १७ कार्तिक  ।  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको शुक्रबार सय दिन पुरा भएको छ । तर निर्मलाका अविभावक अझै पनि न्यायका निम्ति भौतारिइ रहेका छन । एसियामै उत्कृष्ट मानिएको नेपाल प्रहरी निर्मला प्रकरणमा उपलब्धि विहिन भएको छ भने प्रहरी आफै यसमा मुछिएको छ ।

नागरिक समाजबाट प्रहरी र सरकारको मात्र आलोचना नभइ राज्य व्यवस्थाप्रति असन्तुष्ट जाहेर भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एकसय दिन पूरा भयो । गत साउन १० गते साथीको घरमा पढ्न भनेर गएकी निर्मला पन्त कहिल्यै घर फर्किनन् । पन्तको बलात्कार पछि हत्या भयो । शव भोलिपल्ट उखुबारीमा भेटियो । त्यसपश्चात निर्मलालाई न्यायका लागि भन्दै देशव्यापी आन्दोलन चल्यो । यो आन्दोलन अझै जारी छ । घटनाको छानवीनका लागि विभिन्न समितिहरु बने । जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरिए । सीआईबी, गृहमन्त्रालयको टोली अनुसन्धानका लागि भन्दै कञ्चनपुर पुग्यो । समिति माथि समिति बने । कञ्चनपुरका तत्कालिन एसपी बर्खास्तीमा परे । तर, अझै पनि वास्तविक हत्यारा को हो भन्ने पत्ता लाग्न सकेको छैन ।

सरकारसंग अझै पनि फुस्रो गफ मात्र छ, सरकार आश्वासन मै सीमित छ । नागरिक समाज मात्र होइन सबै सरोकारवाला निकाय आ–आफ्नै तर्क मात्र गर्छन् । यौनजन्य हिंसा देशैभर बढ्दो छ । दण्डहीनता बढ्दै गएको छ । सरकारले विकास र समृद्धिको चर्र्काे भाषाण गर्नुभन्दा पनि देशमा मौलाइरहेको अपराधिक गतिविधिको सम्बोधन गर्न अपरिहार्य भएको बताउंछन नागरिक अगुवा डाक्टर सुन्दरमणि दीक्षित । वालबालिकाहरुको जीवन र अस्मिताको रक्षाका नागरिक खबरदारी जरुरी रहेको उनको तर्क छ ।

पछिल्लो समय देशमा यौनजन्य हिंसा बढ्दै जानु र भएको घटनाहरुमा पीडितले न्याय नपाउनुको मुख्य समस्या हरेक क्षेत्रमा भएको राजनीतिकरण भएको तर्क गर्छन् संविधानविद् डा.काशीराज दाहाल ।

राज्यको स्पष्ट अवधारणाको अभावमा राष्ट्र आफैले यौनजन्य हिंसा बढाइ रहेको कतिपय मानवअधिकारकर्मीहरुको टिप्पणी छ । देशमा यौनजन्य हिंसा कमि गर्न अन्तराष्ट्रिय मान्यता अनुरुप शिक्षा, स्वास्थ्य र सुरक्षामा सरकारको प्रभावकारि उपस्थिति हुन जरुरी रहेको उनीहरुको तर्क छ ।

यौनजन्य हिंसा स्वाभाविक रुपमा बढ्दै गएको छ । घटेका अधिकांश घटनाहरुमा प्रहरीले सफल अनुसन्धान पनि गरेको छ । तर पछिल्लो समय यौनजन्य हिंसाका घटना आफ्नै परिवारका सदस्यबाट हुने गरेको तथ्याङ प्रहरीसंग रहेको छ ।

निर्मला पन्त एउटा प्रतिविम्वित पात्र मात्र हुन् । पछिल्लो समय बढ्दै गएको यौनहिंसा जस्तो जघन्य अपराधको संख्या प्रत्येक दिन बढ्दै गएको छ । जसको मुख्य पीडित १६ वर्ष मुनिका बालिकाहरु पर्ने गरेका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार १८ वर्ष मुनिका ६४ प्रतिशत वालिकाहरु यौन हिंसाको शिकार हुने गरेका छन् ।

सन् २०१३ मा १८ सय उजुरी थियो भने सन् २०१८ मा बृद्धि भइ १२ हजार भन्दा बढि भएको छ । नेपाल प्रहरीको तथ्याङक अनुसार साउनदेखि असोजसम्म मात्र ७ सय बढि महिला तथा बालिका यौन जन्य हिंसाको सिकार बनेका छन् । यस्ता तथ्यांकले सुरक्षित राज्यको परिकल्पनालाई चुनौती दिइरहेका छन् । यसतर्फ सबै पक्ष समयमै गम्भीर हुन जरुरी छ ।

https://www.facebook.com/abctelevision/videos/250835608915525/

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com