
काठमाडौँ, १६ कार्तिक । स्वास्थयमा समस्या अाएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली अाज शुक्रवार बालुवाटार फर्किने भएका हुन । प्रधानमन्त्री ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएकाले चिकित्सकले निवास फिर्ता गराउन अहिले साँझ निर्णय गरेकाे प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
अघिल्लो शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । उनको महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा उपचार भएको थियो ।
ओलीलाई छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली संलग्न थियो ।







प्रतिक्रिया दिनुहोस्