ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्राजिलको दूतावास जेरुसेलममा सार्ने बोल्सोनारोको योजना


admin
कार्तिक १६, २०७५ शुक्रबार  १२ : ४५ बजे

 ब्राजिल, १६ कात्तिक । ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले इजरायलको तेल अभिभमा रहेको आफ्नो मुलुकको राजदूतावास जेरुसेलम सारिने बताउनुभएको छ ।

“इजरायल सार्वभौम मुलुक हो । यदि उनीहरुले राजधानी सहर जेरुसेलमलाई मान्छन् भने हामीले त्यही अनुरुप कार्य गर्नु पर्दछ । चुनावताका मेरो प्रतिबद्धता त्यही थियो, र आज पनि छ,” बोल्सोनारोले इजरायल हालोमलाई दिएको अन्तर्वार्तामा बताउनुभएको छ ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिनुका साथै तेल अभिभमा रहेको अमेरिकी राजदूतावास जेरुसेलम सारिएको थियो । अमेरिकी कदम लगत्तै प्यालेस्टिनी अधिकारीहरुले अमेरिकासँगको सहकार्य स्थगित गरेका छन् ।

जेरुसेलम विवादित सहर हो जसलाई प्यालेस्टिनीहरुले पूर्वी जेरुसेलम मान्दछन् । यो सहरलाई १९६७ को अरब–इजरायल युद्धका क्रममा इजरायलले कब्जा गरेको थियो । प्यालेस्टिनीहरुले स्वतन्त्र प्यालेस्टाइनको भावी राजधानीका रुपमा जेरुसेलमलाई लिने गरेका छन् ।

ग्वाटेमाला र पाराग्वेले पनि अमेरिकी कदमको सिको गर्दै तेल अभिभबाट आफ्ना मुलुकका राजदूतावास जेरुसेलम ल्याउने घोषणा गरेका थिए । तर पाराग्वेले हाल उक्त निर्णय फिर्ता लिएको छ । धेरै मुलुकले आफ्ना दूतावासहरु जेरुसेलम स्थानान्तरण गर्ने योजना बनाउन थालेको बताइएको छ ।

ब्राजिल र इजरायलबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहे पनि पछिल्लो समयमा दुई देशबीचको सम्बन्धमा तनाव आएको छ । सन् २०१४ मा इजरायलले गाजा क्षेत्रमा जथाभावी गरेको सशस्त्र कारबाहीलाई ब्राजिलले विरोध गरेको थियो । त्यसबखत इजरायली विदेश मन्त्रालयले ब्राजिललाई असान्दर्भिक कुटनीतिक साझेदारको संज्ञा दिएको थियो ।

आगामी जनवरी १ देखि ब्राजिलको राष्ट्रपति पदमा औपचारिक पदबहाली गर्ने बोल्सोनारोले इजरायलसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभएको छ ।

ब्राजिलको राष्ट्रपतिमा रहँदा लुइज इनासियो लुला डी सिल्भाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिनुभएको थियो । तर नवनिर्वाचित राष्ट्रपति बोल्सोनारोले उक्त नीतिमा परिवर्तन ल्याउने सङ्केत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

बुद्ध पूर्णिमाको अवसरमा म्यानमारमा १५ सयभन्दा बढी कैदीलाई आममाफी

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com