ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतले गोरखाविरुद्धको विभेद स्वीकारेको प्रतिवेदन कार्यान्वयन गर्न गेसोको माग


admin

काठमाडौं, १५ कात्तिक । विगत तीन दशकदेखि ब्रिटिश गोर्खा भूतपूर्व सैनिकविरुद्ध भएको विभेद विरुद्ध आन्दोलन गर्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खा सैनिकबारे बेलायत सरकार गम्भीर नबनेको आरोप लगाएको छ ।

बेलायत सरकार, नेपाल सरकारका प्रतिनिधि र गोर्खा आन्दोलनका प्रतिनिधिबीच बनेको प्राविधिक समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनमा बेलायत सरकार गम्भीर नबनेको भन्दै गेसोले तत्काल प्रतिवेदन कार्यान्वयन समिति बनाउन माग गरेको छ ।

गेसोले काठमाडौंमा विहीबार गरेको पत्रकार सम्मेलनमा गेसो सभापति कृष्णकुमार राईले प्रतिवेदन कार्यान्वयन गर्नका लागि बेलायत र नेपाल सरकारले समिति बनाउन दिएको आश्वासन कार्यान्वयन गर्न माग गर्नुभयो ।

गोर्खाहरुमाथि भएको विभेदबारे ३० मार्च २०१७ मा बेलायत र नेपाल सरकारका प्रतिनिधि तथा आन्दोलनरत पक्षबीच प्राविधिक समिति गठन भएको थियो । सो त्रिपक्षीय समितिले २२ मार्च २०१८ मा बेलायत र नेपाल सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदन बुझ्दै बेलायतका रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टरले एक महिनाभित्र बेलायत र नेपाल सरकारस्तरीय वार्ता समिति बन्ने र माग सम्बोधन गर्ने बताउनुभएको थियो । तर, सात महिना बितिसक्दा पनि समिति बन्नेतर्फ कुनै सुरुवात नहुँदा गेसोले आश्चर्य व्यक्त गरेको छ । सो वार्ता समिति नबन्दा न्याय पाउने आशासहित उत्साहित गोरखाहर दुःखी बनेको सभापति राईको भनाइ छ ।

गोरखाहरुमाथि भएको विभेदविरुद्ध आन्दोलनका कार्यक्रम समेत गेसोले अघि सारेको छ । नेपाल र बेलायतका प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रतिवेदन कार्यान्वयनका लागि दवाव दिने तयारी गेसोको छ । नेपालमा नेकपाका सांसद योगेश भट्टराईको संयोजकत्वमा गोरखा आन्दोलनलाई सहयोग गर्न सांसदहरुको सहयोग समिति यसअघि नै बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com