ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्राजिलको राष्ट्रपतिमा बोल्सोनारो विजयी, प्रजातन्त्र खतरामा–विपक्षी


admin
कार्तिक १२, २०७५ सोमबार  २ : २६ बजे

 

एजेन्सी, १२ कात्तिक । ब्राजिलको राष्ट्रपतिमा जेयर बोल्सोनारो निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा बोल्सोनारोले ५५ दशमलव १३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

विगतमा सैनिक अधिकृत रहिसकेका र उग्र–दक्षिणपन्थी भनेर चिनिएका ६३ वर्षीय बोल्सोनारोका विपक्षी वर्कर्स पार्टीका नेता फर्नान्डो हडाडले ४४ दशमलव ८७ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

बोल्सोनारोले आगामी सन् २०१९ को जनवरी १ बाट राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ ।

चुनावमा विजयी भएपश्चात फेसबुकबाट प्रत्यक्ष सम्बोधन गर्नुभएका बोल्सोनारोले सबै मिलेर ब्राजिलको भविष्य बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत सेप्टेम्बर ६ मा चुनावी सभामा सहभागी हुँदा बोल्सोनारोमाथि पेटमा छुरा प्रहार गरेपछि उहाँले फेसबुकबाटै चुनावी प्रचार गरिरहनुभएको छ ।

सम्बोधनका क्रममा उहाँले ब्राजिलमा आफूले बाइबल र संविधानलाई सिरोपर गरेर सत्ता सञ्चालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बामपन्थीहरुको समाजवाद, साम्यवाद, लोकप्रियतावाद र अतिवादको भ्रममा पर्ने छैनौं ।” तर उहाँले संविधान, प्रजातन्त्र र स्वतन्त्रताको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चुनावी नतिजा आएलगत्तै रियो डे जेनेरियास्थित बोल्सोनारोको घरबाहिर हजारौं समर्थक भेला भएका थिए । उनीहरुले ब्राजिलको झण्डा फहराउनुका साथै पटका पड्काएका थिए ।

ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिफोन गरी बोल्सोनारोलाई बधाई दिनुभएको जनाएको छ । दुबै नेताले आमजनताको जीवनस्तरमा सुधार ल्याउन मिलेर कार्य गर्नेमा बलियो प्रतिबद्धता व्यक्त गर्नुभएको छ– ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डर्सले बताउनुभयो ।

दक्षिण अमेरिकामा ट्रम्पका उत्तराधिकारीका रुपमा लिइने बोल्सोनारोले ट्रम्पका नीतिहरुको खुलेर प्रशंसा गर्ने गर्नुहुन्छ ।

अर्कोतर्फ, विपक्षमा पुगेको सत्तारुढ बामपन्थी वर्कर्स पार्टीले प्रतिरोध गर्ने जनाएको छ । चुनावमा पराजित भएलगत्तै हडाडले ४ करोड ५० लाख जनताको स्वतन्त्रताको रक्षाका लागि सङ्घर्ष गर्ने बताउनुभयो । साओ पाउलोमा वर्कर्स पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै हडाडले नवनिर्वाचित राष्ट्रपति बोल्सोनारोलाई “फासीवादी” भन्नुभएको थियो ।

महिला, समलिङ्गी र काला जातिमाथि नकारात्मक टिप्पणी गर्न रुचाउने बोल्सोनारोले बामपन्थी विचारधाराका फर्नान्डो हडाडलाई पराजित गर्न सक्ने मत सर्वेक्षणले देखाएका थिए ।

भ्रष्टाचार, कुशासन र हत्याहिंसाका कारण दक्षिण अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलका आमजनतामा चरम नैराश्यता छ । उनीहरु परिवर्तनको पक्षमा उभिएको देखिएको छ ।

राष्ट्रपतिका उम्मेदवार हडाड मात्र होइन उहाँको वर्कर्स पार्टीको छविसमेत पछिल्ला वर्षमा कमजोर भएको छ । हडाडलाई भ्रष्टाचारको आरोपमा हाल जेलमा रहेका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डी सिल्भाको समर्थन रहेको थियो । लुला सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति हुनुहुन्थ्यो ।

लुलाको झैं सशक्त नदेखिएका हडाडले पार्टीलाई एकताबद्ध गराउन सक्नुभएको थिएन । उहाँकै कमजोरीका कारण विपक्षी बोल्सोनारोले मतदातालाई आकर्षित गरेको बताइन्छ । पूर्वसैनिक अधिकृत बोल्सोनारोले सत्ताको बागडोर पाए के गर्लान् भन्ने सर्वत्र चासो र चिन्ता बढेको छ ।

बोल्सोनारोको नारा भने फरक थियो । उहाँ सन् १९६४ देखि १९८५ को अवधिका सैनिक सरकारले गरेको औद्योगिकीकरणलाई मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ । विगतका सैनिक सरकारले गरेका सबै कार्यहरुको बोल्सेनारोले स्वागत पनि गर्नुभएको छ ।

बोल्सेनारोले विगतका सैनिक सत्ताले बामपन्थी विद्रोही र उनीहरुका समर्थकलाई हत्या गर्नुको साटो यातना मात्र दिएको बताउने गर्नुभएको छ । उहाँका धारणा र विचारलाई मानिसले बढी रुचाएका छन् ।

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा १४ करोड ७० लाख मतदाता रहेका थिए । ब्राजिलमा मतदानलाई बाध्यकारी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com