ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरिया समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : सुरक्षा परिषद


admin
कार्तिक १०, २०७५ शनिबार  २ : १३ बजे

एजेन्सी, १० कात्तिक । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियाको समस्या राजनीतिकरुपमा समाधान गर्नुपर्नेमा सहमत भएको छ ।

उक्त परिषदका सबै सदस्य यस विषयमा सहमत भएको समाचारमा जनाइएको छ । तर पनि त्यो राजनीतिक समाधानको मोडल कस्तो हुने र त्यसका लागि आवश्यक पर्ने नयाँ संविधान निर्माणका लागि कस्तो मस्यौदा गर्ने भन्ने बारेमा भने एकमत नभएको बताइएको छ ।

सुरक्षा परिषद्को बैठकपछि एकजना सदस्यले भनेका छन् कि सिरियाको समस्याको राजनीतिक समाधान खोज्नुपर्छ भन्नेमा त सबै सहमत छन् तर त्यो समस्या समाधानको नमूना कस्तो हुने भन्ने विषयमा भने एकमत हुनसकेको छैन ।

शुक्रबारको परिषद् बैठकमा यस विषयमा सिरियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि स्टेफन डि मिस्तुराले सो विषयमा जानकारी दिनुभएको हो ।

सो विषयमा जानकारी दिँदै उहाँले भन्नुभयो, समस्या समाधानका लागि सिरियाको सरकारसँग पनि कुराकानी भएको छ र राजनीतिकरुपमा समस्या हलगर्ने बारेमा मैले कुरा गरेको छु ।

विशेषदूत मिस्तुराले हालैमात्र सिरियाली विदेशमन्त्री वालिद मुआलिमसँग कुराकानी गर्नुभएको थियो । त्यस भेटवार्ताको बारेमा उहाँले शुक्रबार भएको सुरक्षा परिषदको बैठकमा जानकारी गराउनुभएको थियो ।

त्यो संविधान मस्यौदाका लागि सिरियाली सरकारले सरकारी प्रतिनिधि, सिरियाली विपक्षी राजनीतिक दलहरु र नागरिक समाजका तर्फबाट प्रतिनिधित्व गराइनुपर्ने मोडलमा कुराकानी गरेको विशेषदूत मिस्तुराले जानकरी दिनुभयो।

त्यस अनुसार कामगर्दा सरकार, विपक्षी दलहरु र नागरिक समाजका तर्फबाट सबैका ५० जना गरी १५० जनाको समूहले काम गर्नसक्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

सिरियामा विगत लामो समयदेखि गृहयुद्ध जारी छ । यसका कारण लाखौँ नागरिकको ज्यान गएको छ भने अरु लाखौँ जना घरबारबिहीन भएर विदेशी भूमिमा शरणार्थीका रुपमा बसेका छन् ।

यो समस्या संसारकै एक टाउको दुखाइको विषय भएको छ । सिरियाली समस्या कसरी सममाधान गर्ने भन्ने विषयमा अहिलेसम्म संयुक्त राष्ट्रसंघले पनि विभिन्न मोडेलमा काम गरिरहेको बताइएको छ ।

तर त्यसको ठोस समाधानका लागि अहिलेसम्म कुनै उपाय भने निकाल्न संयुक्त राष्टसंघ पनि सफल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युवालाई तिरस्कार र अपमान गरिरहे फेरि पनि विद्रोह हुन सक्छः प्रधानमन्त्री कार्की

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com