ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बनाउँदा बनाउँदै बम पड्कियो, आमा र दुई छोराछोरी मारिए


admin
कार्तिक ७, २०७५ बुधबार  १ : ५७ बजे

एजेन्सी , ७ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ ।

उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ । तर सो बम बनाउँदा बनाउदै अकस्मात पड्किन पुगेको बताइएको छ । फर्याब प्रान्तको एक गाउँमा उक्त दुर्घटना हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

सो विस्फोटमा परी तालिबान आतङ्ककारी समूहका ती सदस्यकी श्रीमती र दुई जना छोराछारीकोे मृत्यु भएको समाचारमा जनाइएको छ । तालिबानका ती सदस्यले बम बनाउँदै गरेको अवस्थामा पड्किन पुग्दा आफ्नै परिवारका सदस्य गुमाएको प्रहरीले पुष्टि गरेको छ । फर्याब प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम युरासले बुधबार सो जानकारी दिनुभएको छ ।

बारुदी बम बनाउने ती लडाकूको नाम मुल्लाह सदरुदिन हुन् ।
उनले आफ्नै घरमा बम बनाइरुहेका थिए । तर बम बनाउदै गरेको अवस्थामा उनकी श्रीमती र दुई छोराछोरीको घटनास्थलमा नै मृत्यु भएको सुरासले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ ।
बम विस्फोटमा परी मारिएका बालबालिका पाँच र आठ वर्षका भएको पनि सो समाचारमा जनाइएको छ ।

तालिबानहरुले फर्याब प्रान्तको केही भाग नियन्त्रण गरेर बसेका र बारम्बार आत्मघाती बमहरु हानी सर्वसाधारण नागरिकको ज्यान लिने गरको बताइन्छ ।

उनीहरुले सडकको किनारमा बम राखेर सर्वसाधारण नागरिक र सवारीमा यात्रा गर्ने व्यक्तिको ज्यान लिने गर्दछन् । मुल्लाहले यो बम पनि यसरी नै प्रयोग गर्नका लागि बनाएको अनुमान प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युवालाई तिरस्कार र अपमान गरिरहे फेरि पनि विद्रोह हुन सक्छः प्रधानमन्त्री कार्की

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com