ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसरी नाम रह्यो : तौलिहवा, भैरहवा, निग्लीहवा, कोेटिहवा, पक्लिहवा ?


admin
कार्तिक ६, २०७५ मंगलबार  ३ : २८ बजे

फुस्रो, न्यास्रो भैरहवा
हिलोको तलाउबाट निस्केको भैँसीको ‘भै’
तावामा छुटेर जलेको रोटीको ‘र’
गालीजस्तो नरमाइलो तातो हावाको ‘हवा’(भैरहवा, भूपी शेरचन)

खासगरी रुपन्देही र कपिलवस्तुको तराई क्षेत्रमा रहेका ठाउँ विशेषका नाममा ‘हवा’ जोडिएको छ । तौलिहवा, भैरहवा, निग्लीहवा, कोेटिहवा, पक्लिहवा आदि केही उदाहरण हुन् । मधेशी मूलको बाहुल्य रहेको ती क्षेत्रमा बोल्ने स्थानीय भाषाका कारण ‘हवा’ जोडिन आएको संस्कृतिसम्बन्धी जानकारले बताएका छन् । संस्कृतिविद् डा गितु गिरी अवधी भाषामा ‘हवा’ भनेको स्थान भएको बताउनुहुन्छ । “अधिकांश स्थानको भाषिकता र ऐतिहासिक महत्वका हिसाबले नामकरण भएको हुन्छ, त्यस्तै मधेशी मूलका ठाउँविशेषको नामकरण पनि भाषिकाबाट भएको हो”, उहाँले भन्नुभयो । डा गिरीले भैरवको पूजा हुने भएकाले ‘भैरहवा’, निगालो रहेको स्थान भएकाले ‘निग्लीहवा’ र तौलेश्वर (तामेश्वर) महादेवको स्थान भएकाले ‘तौलिहवा’ भएको जानकारी दिनुभयो ।

यहाँ नामविशेषमा ‘हवा’ जोडिएको झण्डै पाँच दर्जन बढी स्थान रहेको बताइएको छ । रुपन्देही र कपिलवस्तु जिल्लाको तराई क्षेत्रमा रहेका र भारतसँग सिमाना जोडिएका क्षेत्रका ठाउँविशेषका नाममा ‘हवा’ जोडिएको छ । ‘प्राचीन कपिलवस्तुको इतिहास’ नामक पुस्तकमा पनि ठाउँविशेषका नामका विषयमा चर्चा भएको उल्लेख गर्दै डा गिरीले ‘बृहत् लुम्बिनी पर्यटकीय क्षेत्रका सम्पदा’ नामक पुस्तकमा पनि यसबारे उल्लेख गर्नुभएको छ ।

सो स्थानमा भैरवनाथ गुठी भएकाले कालान्तरमा भैरव र हवा मिलेर भैरहवा बनेको कृतिमा उल्लेख छ । बुद्धको बाल्यकालको नाम सिद्धार्थबाट सिद्धार्थनगर नामकरण गरिएको हो । यहाँ रहेका विभिन्न स्मारक तथा कलावस्तुले यसको पुरानो अस्तित्व प्रमाणित गर्न सघाएको छ । यस क्षेत्रमा ११५ भन्दा बढी मठ, मन्दिर, गुम्बा, विहार, मस्जिद, चर्चलगायत छन् ।

भैरहवा साविकको सिद्धार्थनगर– १ मा पर्छ । सो स्थानमा विजयको झण्डा गाडिएको हुँदा झण्डी बजार पनि भन्ने गरिन्छ । नेपालमा १०४ वर्षसम्म तत्कालीन श्री ३ को हैसियतले शासन सञ्चालन गरेका राणाको अन्त्य गर्ने सिलसिलामा गोपालशम्शेरको परामर्श तथा डा केआइ सिंहको नेतृत्वमा विसं २००७ मा मोर्चाबन्दी गरिएको ऐतिहासिक स्थान भएको बताइएको छ ।

‘सगरहवा’ कौशल सम्राट् विरुधकले ७० हजार शाक्यको हत्या गरेको स्थानका रुपमा परिचित छ । तौलीहवा बजारको दक्षिणपश्चिम तथा कुदानको उत्तरपूर्वमा अवस्थित बर्दहवा अर्थात् बर्देवा यस क्षेत्रको पुरानो थलो हो । यसको नामकरणबारे रोचक भनाइ चलनमा छ ः यहाँ घुमफिर गर्ने एउटा गोरुले किसानको बालीनाली नष्ट गर्दा एक गैरहिन्दू व्यक्तिले उसको टाउको काट्यो तर टाउको नभएको गोरु( थारु भाषामा बर्द ) त्यसै ठाउँमा बसिरहेकाले ‘बर्दहवा’ नाम भएको ‘बृहत् लुम्विनी क्षेत्रका पर्यटकीय सम्पदा’ कृतिमा उल्लेख छ ।
यस्तै रुपन्देहीको भैरहवाबाट परासी जाने सडकमा छिपागढदेखि करीब दुई किमी दक्षिणमा एक नदीको किनारमा कोटहवा छ । यहाँ पूर्वपश्चिम ३० मिटर र उत्तरदक्षिण ५० मिटरमा प्राचीन एउटा ढिस्को छ । यसको बीचमा कोटही देवीको मन्दिर छ जसलाई ‘कोटहवा’ भनेर चिनिएको छ ।

रुपन्देहीको साविकको विष्णुपुरा गाविस– १ मा रहेको गैडहवा ताल कूल ५५ हेक्टर क्षेत्रफलमा विस्तारित छ । यसको नामबाट नै अहिले गैडहवा गाउँपालिका नामकरण भएको छ । शाक्य राज्यको दक्षिणपट्टिको किल्ला वा सुरक्षामोर्चा भएकाले कालान्तरमा मोर्चा वा मुर्चा भन्दै जादा मुर्चमा ‘हवा’ जोडी मुर्चहवा नामकरण भएको बताइएको छ । निग्लीहवा र गोटीहवा नेपालमा जन्मेका कनकमुनि र क्रकुच्छन्द बुद्धको जन्मस्थान मानिन्छन् । – रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सेनाको स्पष्टीकरण: ‘विगतजस्तै यसपटक पनि मतपेटिका गणनास्थलसम्म पुर्‍याउँछौं’

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com