ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीसीटीभीको संकटमा साथ


admin

पोखरा । आपराधिक गतिविधिको निगरानी गर्न देशका प्रायः सहरमा सिसिटिभी क्यामरा जडान गर्ने लहर चलेको छ । तर, त्यसको उपयोगले कति आपराधिक गतिविधि नियन्त्रणमा कति सहयोग पुग्यो भन्ने सर्वसाधारणले थाहा पाएका छैनन् । सिसिटिभी क्यामरा जडान गरेपछि फाइदा लिने नागरिक नगन्य मात्रामा होलान् । तर, पोखरामा भने एक व्यक्तिले सिसिटिभीको सहायताले हराएको बहुमूल्य वस्तु प्राप्त गरेका छन् ।

आइतबार अन्यन्त्र शहरहरुमा जस्तै पोखरामा पनि दशैंको प्रभाव परेको थियो । दशैं मनाउन आउने जाने सर्वसाधरणको चहलपहल थियो । तिनैमध्ये रुमा थापा पनि दिउँसो करिब १ बजे बालबच्चा, साढे दुई तोला सुनका गरगहनासहित लत्ताकपडाले भरिएको झोलासहित ट्याक्सी चढिन् । उनी लेकसाइड पुगेपछि ट्याक्सीबाट निस्किइन् । तर, बालबच्चाका कारण झोला ट्याक्सीमै छुट्यो । उनले हत्तपत्त १०० मा फोन गरी प्रहरीलाई ट्याक्सीको हुलिया बताइन् । ट्याक्सीको अगाडिपट्टि अतिरिक्त जडान गरिएको पहेलो रङको ५ वटा बत्ति र पछाडिपट्टि बार्सिलोनाको स्टिकर टाँसिएको थियो ।

यो सूचना पाउन बित्तिकै प्रहरीले निगरानी बढायो । ट्याक्सीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा ग १ ज ३९९२ नम्बरको ट्याक्सीको डिक्किमै झोला फेला परेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले बताए ।  सिसि क्यामेराको सहयाताबाट बिगतमा पनि अपराधमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिन सहयोग पुगेको प्रहरी उपरीक्षक रानाले बताए । उक्त ट्याक्सी पनि सिसिटिभि क्यामराको सहायताले नै पत्ता लगाएको उनको भनाइ छ ।

पोखरा महानगरपालिका वडा नं १५ का ट्याक्सी चालक निराजन थापालाई प्रहरीले आफुलाई प्रहरी कार्यालय ल्याउदा सम्म किन ल्याईयो भन्ने समेत थाहा नभएको बताए । जब प्रहरी कार्यालय पुगे तब ट्याक्सीको डिक्की खोलेर झोला झिकेपछि मात्र घटनाबारे थाहा भएको उनको भनाइ छ ।

ट्याक्सीमा छुटेको वस्तु पुनः पाउनेमा आशा नरहेका बेला फेला पर्दा अचम्मित भएको रुमा थापाले प्रतिक्रिया दिइन् । हराइसकेको वस्तु फेला परेपछि सिसिटिभी क्यामरोको महत्व थाहा पाएको उनको भनाइ छ ।

पोखराको अति ब्यस्त हुने चोकहरुमा जडान गरिएको सिसिटिभी क्यामेराको कारण प्रहरी काम गर्न सजिलो बनाएको छ । मख्य चोकमा मात्र राखिएको क्यामरा भित्री गल्लीहरुमो समेत विस्तार गर्न सके प्रहरीको सक्रियतालाई अझै बढी सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com