ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकामा दशैं फोहोरले दुर्गन्ध


admin
कार्तिक ६, २०७५ मंगलबार  ११ : ४५ बजे

काठमाडौं । दशैका बेला धेरै सर्वसाधारण उपत्यका बाहिर गए पनि काठमाडौं उपत्यकामा फोहोर बढी हुने गर्छ । फोहोरको व्यवस्थापन राजधानी काठमाडौंका लागि टाउको दुखाईको विषय बन्दै आएको छ । चाडपर्वका बेला मात्र नभइ अन्य समयमा पनि ल्याण्डफिल्ड साइट र अन्य व्यवस्थापकीय समस्याका कारण उपत्यकामा फोहोरको डङ्गुर थुप्रने गर्दछ । दुर्गन्धले हिंडडुल गर्न नसक्ने उपत्यकामा यो वर्षको दशैंमा भने केही कम समस्या देखिएको छ ।

समय समयमा नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल्ड साइट आसपासका बासिन्दाको अवरोध एवं महानगरपालिका र नगरपालिकाहरुले व्यवस्थापन गर्न चुक्दा आफैले फालेको फोहोरका कारण उपत्याकाबासी समस्यामा पर्ने गरेका छन् । विशेषगरी वर्षयाममा लामो समयसम्म फोहोर व्यवस्थापन गर्न नसक्दा उपत्यकावासी आक्रोशित समेत हुने गरेको घटना हाम्रो लागि नौलो होइन ।

दशैका बेला अधिकांश सर्वसाधारण उपत्यका बाहिर गए पनि फोहोरको उत्पादन उत्तिकै हुन्छ । संधै फोहोरको ढंगुरले भरिभराउ हुने उपत्याकाका सडकहरुमा यो वर्ष केहि व्यवस्थापन गरेको देखियो । ललितपुर महानगरपालिकाको पाटन, मंगलबजार, लगनखेल, पिमबहाल लगायतका स्थान फोहोरको डंगुर थुप्रने प्रमुख स्थान हुन । तर अहिले केहि स्थानमा बाहेक तुलनात्मक रुपमा फोहोरको डंगुर देखिएन ।

त्यस्तै काठमाडौ महानगरापालिका पनि अधिकांश स्थानमा फोहोर ढंगुर गाडीमा थुपारेर भए पनि सडक सफा राख्ने प्रयास गरिएको छ । तुलनात्मक रुपमा कम फोहोरको ढंगुर छ । दुबै नगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म फोहोर व्यवस्थापन गर्ने प्रयास गरेको जनाएको छ । आइताबारबाट नै ल्यान्डफिल्ड साइडमा फोहोर पठाउन सुरु गरिएको दुवै महानगरले जनाएका छन् । सडकका केहि स्थानमा भएका फोहोर पनि दुई तीन दिनभित्र नै उठिसक्ने दुबै महानगरको दावी छ ।

विशेष गरी बर्षायाममा र बढी फोहोर उत्पादन हने समयमा नुवाकोटको सिसडोलमा रहेको ल्यान्डफिल्ड साइडका स्थानीय बासिन्दासंगको समस्याका कारण काठमाडौंको फोहोरको समस्य समाधान हुन सकेको छैन । उपत्यकामा रहेको महानगरपालिका तथा नगरपालिका यसको दिर्घकालिन व्यवस्थापनका लागि बैकल्पिक बाटो खोजिरहेका छन् ।

दुई वर्षका लागि अस्थायी रुपमा संचालन गरिएको सिसडोल भरिइसकेको छ । धेरै पहिल्यै बैकल्पिक ल्याण्डफिल्डसाईट बन्नुपर्ने थयो । तर, काठमाडौं र ललितपुर महनगरपालिका भने बल्ल नुवाकोटकै बञ्जारे डांडाको अध्ययन गर्न सुरु गरेका छन् । बन्जारे डा“डालाई छिटोभन्दा छिटो उपयोगमा ल्याउन सके उपत्यकामा उत्पादन हुने फोहोरको दिर्घकालीन व्यवस्थापन हुनेमा दुबै महानगरपालिका ढुक्क छन् ।

सिसडोलको ल्याण्डफिल्ड साइडमा उपत्यकाका दुई महानगर र १५ नगरपालिकाको फोहोर व्यवस्थापन हुंदै आएका छ । तर, सिसडोल भरिएको छ भने, सिसडोलबासी र फोहोर ब्यवस्थापन पक्षबीच बारम्बार समस्या आउने गरेको छ । दीर्घकालिन व्यवस्थापनका लागि बन्जारे डा“डालाई छिटो प्रयोगमा ल्याउन सकेमात्रै फोहोरमा समेत हुंदै आएको फोहोरी राजनीति पनि समाप्त हुन सक्छ । महानगर तथा नगरपालिका लागि मात्र नभै आम उपभोक्ताका लागि पनि फोहोरको दीर्घकालिन समधान खोज्न जरुरी छ । त्यसपछि मात्र उपत्याकाबासीले जनप्रतिनिधि पाएको महशुस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी चेतावनीः इजरायलसहित एक दर्जनभन्दा बढी मध्यपूर्वी देश तुरुन्त छाड्न आग्रह

अमेरिका–इजरायलको इरानमाथि आक्रमण ४–५ हप्ता लम्बिन सक्छः ट्रम्प

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com