ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकामा दशैं फोहोरले दुर्गन्ध


admin

काठमाडौं । दशैका बेला धेरै सर्वसाधारण उपत्यका बाहिर गए पनि काठमाडौं उपत्यकामा फोहोर बढी हुने गर्छ । फोहोरको व्यवस्थापन राजधानी काठमाडौंका लागि टाउको दुखाईको विषय बन्दै आएको छ । चाडपर्वका बेला मात्र नभइ अन्य समयमा पनि ल्याण्डफिल्ड साइट र अन्य व्यवस्थापकीय समस्याका कारण उपत्यकामा फोहोरको डङ्गुर थुप्रने गर्दछ । दुर्गन्धले हिंडडुल गर्न नसक्ने उपत्यकामा यो वर्षको दशैंमा भने केही कम समस्या देखिएको छ ।

समय समयमा नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल्ड साइट आसपासका बासिन्दाको अवरोध एवं महानगरपालिका र नगरपालिकाहरुले व्यवस्थापन गर्न चुक्दा आफैले फालेको फोहोरका कारण उपत्याकाबासी समस्यामा पर्ने गरेका छन् । विशेषगरी वर्षयाममा लामो समयसम्म फोहोर व्यवस्थापन गर्न नसक्दा उपत्यकावासी आक्रोशित समेत हुने गरेको घटना हाम्रो लागि नौलो होइन ।

दशैका बेला अधिकांश सर्वसाधारण उपत्यका बाहिर गए पनि फोहोरको उत्पादन उत्तिकै हुन्छ । संधै फोहोरको ढंगुरले भरिभराउ हुने उपत्याकाका सडकहरुमा यो वर्ष केहि व्यवस्थापन गरेको देखियो । ललितपुर महानगरपालिकाको पाटन, मंगलबजार, लगनखेल, पिमबहाल लगायतका स्थान फोहोरको डंगुर थुप्रने प्रमुख स्थान हुन । तर अहिले केहि स्थानमा बाहेक तुलनात्मक रुपमा फोहोरको डंगुर देखिएन ।

त्यस्तै काठमाडौ महानगरापालिका पनि अधिकांश स्थानमा फोहोर ढंगुर गाडीमा थुपारेर भए पनि सडक सफा राख्ने प्रयास गरिएको छ । तुलनात्मक रुपमा कम फोहोरको ढंगुर छ । दुबै नगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म फोहोर व्यवस्थापन गर्ने प्रयास गरेको जनाएको छ । आइताबारबाट नै ल्यान्डफिल्ड साइडमा फोहोर पठाउन सुरु गरिएको दुवै महानगरले जनाएका छन् । सडकका केहि स्थानमा भएका फोहोर पनि दुई तीन दिनभित्र नै उठिसक्ने दुबै महानगरको दावी छ ।

विशेष गरी बर्षायाममा र बढी फोहोर उत्पादन हने समयमा नुवाकोटको सिसडोलमा रहेको ल्यान्डफिल्ड साइडका स्थानीय बासिन्दासंगको समस्याका कारण काठमाडौंको फोहोरको समस्य समाधान हुन सकेको छैन । उपत्यकामा रहेको महानगरपालिका तथा नगरपालिका यसको दिर्घकालिन व्यवस्थापनका लागि बैकल्पिक बाटो खोजिरहेका छन् ।

दुई वर्षका लागि अस्थायी रुपमा संचालन गरिएको सिसडोल भरिइसकेको छ । धेरै पहिल्यै बैकल्पिक ल्याण्डफिल्डसाईट बन्नुपर्ने थयो । तर, काठमाडौं र ललितपुर महनगरपालिका भने बल्ल नुवाकोटकै बञ्जारे डांडाको अध्ययन गर्न सुरु गरेका छन् । बन्जारे डा“डालाई छिटोभन्दा छिटो उपयोगमा ल्याउन सके उपत्यकामा उत्पादन हुने फोहोरको दिर्घकालीन व्यवस्थापन हुनेमा दुबै महानगरपालिका ढुक्क छन् ।

सिसडोलको ल्याण्डफिल्ड साइडमा उपत्यकाका दुई महानगर र १५ नगरपालिकाको फोहोर व्यवस्थापन हुंदै आएका छ । तर, सिसडोल भरिएको छ भने, सिसडोलबासी र फोहोर ब्यवस्थापन पक्षबीच बारम्बार समस्या आउने गरेको छ । दीर्घकालिन व्यवस्थापनका लागि बन्जारे डा“डालाई छिटो प्रयोगमा ल्याउन सकेमात्रै फोहोरमा समेत हुंदै आएको फोहोरी राजनीति पनि समाप्त हुन सक्छ । महानगर तथा नगरपालिका लागि मात्र नभै आम उपभोक्ताका लागि पनि फोहोरको दीर्घकालिन समधान खोज्न जरुरी छ । त्यसपछि मात्र उपत्याकाबासीले जनप्रतिनिधि पाएको महशुस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com