ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगान संसदको मतदान जारी


admin
कार्तिक ४, २०७५ आईतबार  १२ : १८ बजे

काबुल, ४ कात्तिक । अफगानिस्तानको संसदको निर्वाचनका क्रममा हिंसात्मक घटनाका कारण स्थगित भएका र ढिलाई भएका मतदान केन्द्रहरुमा आज मतदान भइरहेको छ ।

अफगान निर्वाचन आयोगका अध्यक्ष अब्दुल बादी सयतले शनिबारको मतदानमा ८८ लाख मतदातामध्ये ३० लाखले मतदान गरेको जानकारी दिनुभयो । सबैभन्दा बढी मतदान काबुलमा भएको थियो भने दक्षिणी उरुजगान प्रान्तमा सबैभन्दा न्यून मतदान भएको थियो ।

आइतबार देशभरका ४०१ मतदान केन्द्रमा मतदान हुनेछ । काबुलमा मात्र ४१ स्थानमा मतदान हुँदैछ ।

संसदको यस निर्वाचनमा २७ जना सर्वसाधारण र ११ जना सुरक्षाकर्मीको मत्यु भएको तथा एक सयभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन् ।

अफगानिस्तानका मुख्य विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेट्सले निर्वाचन बहिस्कार गरेका छन् । उनीहरुले निर्वाचनको पूर्वसन्ध्यामा आक्रमणको शृङ्खला जारी राख्नुका साथै स्थानीयबासीलाई मतदानमा सहभागी नहुन आह्वान गरेका थिए ।

यसैबीच, अफगानिस्तानको गृह मन्त्रालयले शनिबारको मतदानमा देशभर एकसय ९२ वटा आक्रमणका घटना भएको जनाएको छ ।

गृहमन्त्री वाइस बार्माकले निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण रुपमा भएको दाबी गर्नुभयो । अफगानिस्तानको रणनीतिक महत्वको शहर कान्दाहारमा गत साता विद्रोहीको आक्रमणबाट प्रान्तीय प्रहरी प्रमुख अब्दुल राजिकको हत्या भएपछि कान्दाहारमा मतदान एक साताका लागि स्थगित गरिएको छ । सुरक्षाका कारण घाज्नी प्रान्तमा पनि मतदान स्थगन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिंदैछ– अध्यक्ष ओली

युवालाई तिरस्कार र अपमान गरिरहे फेरि पनि विद्रोह हुन सक्छः प्रधानमन्त्री कार्की

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com