ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 साउदी अरेबियाद्वारा पत्रकार जमाल खशोग्गीको मृत्यु भएको पुष्टि


admin
कार्तिक ३, २०७५ शनिबार  १२ : ३७ बजे

एजेन्सी ,३ कात्तिक । साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको टर्कीको इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै मृत्यु भएको पुष्टि गरेको छ ।

खशोग्गी र वाणिज्य दूतावासभित्र उनले भेटेका मानिसहरूबीच भएको झगडाले मृत्युको घटना निम्त्याएको साउदी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । अक्टोबर २ मा साउदी वाणिज्य दूतावास गएदेखि पत्रकार खशोग्गी बेपत्ता भएका थिए ।

खशोग्गीको मृत्यु भएको पुष्टि भएस“गै एकजना उच्च गुप्तचर अधिकारी अहमद अल असिरी र राजपरिवारका एकजना वरिष्ठ सल्लाहकार साउद अल कतानीलाई बर्खास्त गरिएको छ ।

त्यस्तै १८ जनालाई गिरफ्तार गरिएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ । साउदी राजा सलमानले टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनसग घटनाबारे टेलिफोन वार्ता गरेपछि साउदी सरकारी सञ्चारमाध्यममा खशोग्गीको मृत्युबारे समाचार आएको हो ।

राजा सलमानले देशको गुप्तचर निकायको पुनर्संरचनाका लागि सुझाव दिन भन्दै राजकुमार मोहम्मद बिन सलमानको संयोजकत्वमा एउटा मन्त्रालयस्तरीय समिति गठन गर्न आदेश समेत दिएका छन् ।

यसअघि खशोग्गी वाणिज्य दूतावासभित्रै मारिएको भन्ने टर्कीको दावी रियादले अस्वीकार गर्दै आएको थियो । पत्रकार बेपत्ता प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन रियादले आफ्ना निकट साझेदार मुलुकबाटै चर्को दबाब झेल्दै आएको थियो ।

बेलायत, फ्रान्ससहित कतिपय देशले रियादमा हुने एउटा लगानी सम्मेलन सोही प्रकरणलाई लिएर बहिष्कार गर्ने बताइसकेका छन् ।

हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खशोग्गीको हत्या साउदी अरेबियाले गराएको पुष्टि भए उसलाई ’दण्डित गर्ने’ बताएका थिए । अंकाराले खशोग्गीलाई वाणिज्य दूतावासभित्रै मारिएको कुराको आफूसँग श्रव्य र दृश्य प्रमाण रहेको बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिंदैछ– अध्यक्ष ओली

युवालाई तिरस्कार र अपमान गरिरहे फेरि पनि विद्रोह हुन सक्छः प्रधानमन्त्री कार्की

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com