
काठमाडौं २ कात्तिक । मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी आज विजयादशमी मनाइदैछ ।
दुर्गापूजा गरी जमरा राखिएका दशैघरमा बिहान सबेरै अपराजिता, जया, विजयाको पूजासहित देवी विर्सजन गरी घरका मान्यजनबाट टीका लगाउन लागिएको हो । आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरी नवरात्रभर शक्तिस्वरूपा भगवतीको आराधना गरी दशमीको बिहान विर्सजन गरिन्छ ।
देवीको आवाहन गरी नौ दिनसम्म देवीको पूजा गरेको कलशको जलले अभिषेक गर्ने र प्रसादस्वप टीका र जमरा मान्यजनका हातबाट लगाउने चलन छ ।
देवीभागवत पुराणअनुसार त्रेतायुगमा भगवान् रामले नवरात्रमा देवीको आराधना गरी रावणमाथि विजय प्राप्त गरेको बताइन्छ । पहिलेपहिले राजा महाराजाहरू दशमीका दिन देवीको प्रसाद लगाई विजययात्रामा निस्किने चलन रहेको बताइन्छ ।







प्रतिक्रिया दिनुहोस्