ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवरात्रको अन्तिम दिन: आज महानवमी पर्व मनाइँदै


admin
कार्तिक १, २०७५ बिहीबार  १० : २१ बजे

काठमाडौं,१ कात्तिक । आज नवरात्रको अन्तिम दिन महानवमी पर्व मनाइँदैछ ।
नौ दिनसम्म गरेको नवरात्र अनुष्ठान यो तिथिमा सम्पन्न गरिन्छ । नवदुर्गाको प्रसाद भने विजयादशमीका दिन बिहान लगाइन्छ ।

नवमीमा भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन् । चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ ।

यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ । अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ । यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ ।

नवमीमा शक्तिपीठ तथा दशैघरहरूमा पशुबलि दिने परम्परा छ । शाकाहारीहरूले भने घिरौंला, कुभिण्डो र नरिवलजस्ता वस्तु बलि दिन्छन् । महानवमीका दिन तलेजुको मन्दिर सर्वसाधारणका लागि खुल्छ । नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ । देवीका तीन रूपमध्ये महाकालीलाई शक्तिको स्वरूप मानिएको छ ।

नवरात्रभर विभिन्न शक्तिपीठमा पुगेर शक्तिस्वरूपा भगवतीको पूजाअर्चना गर्ने परम्परा छ । काठमाडौंस्थित गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, गोरखाको मनकामना, सिन्धुपाल्चोकको पाल्चोकभगवती, काभ्रेको पलाञ्चोकभगवती र बाकेको बागेश्वरीलगायत शक्तिपीठमा भक्तजनको घुइ“चो हुन्छ ।

यस्तै बागलुङ कालिका, दोलखामा कालिञ्चोक भगवती, डडेलधुरामा उग्रतारा, सप्तरीमा छिन्नमस्ता, नवलपरासीमा मौलाकालिका, पाल्पामा तानसेन भगवती, पर्सामा गहवामाई, सर्खेतमा देउतीबज्यै, ताप्लेजुङमा पाथीभरा, सुनसरीमा दन्तकाली र बारामा गढीमाई नवरात्रका गन्तव्यस्थल हुन् ।

पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ । तीमध्ये शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपमा भगवतीको आराधनाको विशेष महत्त्व बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले दावी गरेजस्तै देशभर कति सिट जित्न सक्छ ? विस्तृत तालिकामा

इरान–इजरायल–अमेरिका तनाव चरममा: मध्यपूर्वमा सुरक्षा, आर्थिक र मानवीय जोखिम

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com