ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असान्जको सञ्चारलाई आंशिक रुपमा खुला गर्न


admin
आश्विन २९, २०७५ सोमबार  १२ : २० बजे

लन्डन, २९ असोज । इक्वेडर सरकारले लन्डनस्थित आफ्नो मुलुकको राजदूतावासमा रहेका जुलियन असान्जको सञ्चारलाई आंशिक रुपमा खुला गर्न लागेको विकिलिक्सले जनाएको छ ।

विकिलिक्सका संस्थापक असान्ज सन् २०१२ देखि इक्वेडरको राजदूतावासमा शरण लिइरहेका छन् । गत मार्चदेखि इक्वेडर सरकारले असान्जमाथि बाह्य सम्पर्कका लागि इन्टरनेट वा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

“इक्वेडरले विकिलिक्सका संस्थापक जुलियन असान्जमाथि बाह्य सञ्चारमा गरेको प्रतिबन्ध राष्ट्रसङ्घका दुईजना वरिष्ट अधिकारी र इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोबीच शुक्रबार भएको भेटवार्तापछि हटाउने निर्णय भएको हो,” विकिलिक्सले प्रकाशित गरेको वक्तव्यमा उल्लेख छ ।

विकिलिक्सका प्रधान सम्पादक क्रिस्टिन ह्राफसोनले उक्त कदम सकारात्मक रहेको बताउनुभयो । उहाँले अझै पनि असान्जको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गरिएकामा गम्भीर चासो व्यक्त गर्नुभयो ।

इक्वेडरले विद्युतीय इमेलहरु प्राप्त गर्नबाट रोक्न ज्यामर उपकरण राजदूतावासमा जडान गरेको थियो भने भेटघाटका लागि आउने व्यक्तिलाई भेट्न कडाई गरेको थियो ।

सन् २०१२ मा एकजना बेलायती न्यायाधीशले असान्जलाई स्वीडेन सुपुर्दगी गर्न आदेश दिएलगत्तै उहाँलाई इक्वेडरको राजदूतावासले शरण दिएको थियो । उहाँमाथि स्वीडेनमा यौन शोषणको आरोप लागेको छ ।

असान्जले यौन शोषणको आरोप राजनीतिक प्रेरित रहेको दाबी गर्दै आउनुभएको छ । सन् २०१० मा गोप्य अमेरिकी सैनिक दस्तावेज र कूटनीतिक सञ्चारको प्रकाशन गरेका कारण असान्जलाई स्वीडेनले संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने असान्जको ठम्याइ छ ।

स्वीडेनको गत वर्ष आफ्नो अनुसन्धान स्थगित गरेको थियो, तर बेलायती अधिकारीहरुले असान्जलाई गिरफ्तार गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले फेरि खेल्यो ‘पपुलिस्ट कार्ड’ : २० लाख निर्व्याजी, २५ हजार मिनाहा, न्यूनतम ज्याला २५ हजार’ (पूर्णपाठ)

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिंदैछ– अध्यक्ष ओली

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com