ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माइकल नामको आँधीबाट मृत्यु हुनेको संख्या १७ पुग्यो


admin
आश्विन २७, २०७५ शनिबार  १ : ५८ बजे

एजेन्सी, २७ असोज । अमेरिकामा माइकल नामको आँधीबाट मृत्यु हुनेको संख्या कम्तीमा १७ जना पुगेको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अमेरिकी अधिकारीहरुले बताएका छन् ।

आँधीले फ्लोरिडा राज्य र त्यस वरपर ठूलो क्षति गरेको छ ।

फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले “मेक्सिको बीच पूर्ण रुपमा उजाड भएको” बताउनुभयो । बुधबार यहाँ चौथो वर्गीकरणमा राखिएको विशाल आँधीले छोपेको थियो ।

“यहाँ त बम पड्किएझैं भएको थियो,” स्कटले भन्नुभयो । करिब एक हजार मानिस अझै बसिरहेको उक्त ठाउँको स्थलगत भ्रमण गरेर फर्किएपछि भन्नुभयो, “यो युद्धग्रस्त क्षेत्रजस्तै भएको देखिएको छ ।”

उद्धार टोलीहरुले शुक्रबार मेक्सिको बीचमा मानिस पत्ता लगाउने कुकुर समेत साथै लिएर खोजी गरिरहेका थिए । अमेरिकी सञ्चार माध्यमहरुले सहरमा एक जना वृद्धको मृत्यु भएको खबर प्रशारण गरेका थिए । ती वृद्ध व्यक्तिको शव घरबाट धेरै टाढा भेटिएको थियो ।

सङ्घीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) का प्रमुख ब्रक लङले मृतक व्यक्तिको संख्या अझ बढ्न सक्ने बताउनुभयो ।

“मेरो आशा धेरै मानिसको मृत्यु नभए राम्रो हुने थियो, तर परिस्थिति हेर्दा ज्यादै प्रभावित इलाकाहरुमा खोजी कार्य बाँकी नै रहेकाले अरु केही व्यक्तिको मृत्यु हुन सक्ने खतरा छ,” उहाँले बताउनुभयो ।

मेक्सिको बीचका दर्जनौं घर, पसल र रेस्टुराँको जग नै उखेलिएको र त्यसलाई २५० किमी प्रतिघण्टाको बेगिलो हावाले उडाएर सयौं फिट टाढा पु¥याएको वा धुलोपिठो पारेको पाइएको छ । लङले भन्नुभयो, “आँधीको बितण्डाका बारेमा बताउने त्यहाँ वरपर मानिस समेत भेटिएका छैनन् ।”

स्थानीय अधिकारीहरुका अनुसार मेक्सिको बीचमा मानिसलाई अनिवार्य रुपमा घर छाड्न आदेश दिइएको थियो तर केही मानिसले अटेर गरेर घरमै बसेका थिए ।

फ्लोरिडाका सिनेटर मार्को रुबिओले भन्नुभयो, “अन्तिम क्षणमा केही मानिस घर छाडेर बाहिर निस्केका वा अन्यत्रै गएका हुन सक्छन् ।”

राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित फ्लोरिडा र जर्जियाको भ्रमण गर्ने योजना बनाएको बताउनुभयो । “मानिसहरुलाई जर्जियामा माइकल आँधीले कति प्रभावित तुल्यायो भन्ने समेत थाहा छैन,” ट्रम्पले ट्वीट गर्दै भन्नुभयो, “म अर्को साताको शुरुमै फ्लोरिडा र जर्जिया जाँदैछु । हामी सबै ठाउँमा काम गरिरहेका छौं । हामी तपाईंहरुकै साथमा छौं ।”

फ्लोरिडा प्यानह्यान्डलमा सन् १८५१ पछि यसपटकको “माइकल” नामको आँधी सर्वाधिक विनाशकारी रहेको बताइएको छ ।

पेन्टागनका अनुसार करिब पाँच हजार सेना र प्रहरीलाई राहत र उद्धारका लागि खटाइएको छ । यहाँ एक सय हेलिकप्टर र एक हजार ८०० पानीमा चल्ने उपकरण परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

बुद्ध पूर्णिमाको अवसरमा म्यानमारमा १५ सयभन्दा बढी कैदीलाई आममाफी

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com