ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसमा राष्ट्रपतिद्वारा वृक्षरोपण


admin
आश्विन २७, २०७५ शनिबार  १२ : १६ बजे

 काठमाडौं,२७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू परिसरमा आज वृक्षरोपण गर्नुभएको छ ।

विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा उहाँले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतको प्राकृतिक विज्ञान सङ्ग्रहालयमा बहुमूल्य बोधिचित्तको विरुवा रोप्नुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सङ्ग्रहालयको अवलोकनसमेत गर्नुभएको थियो । सङ्ग्रहालयका प्रमुख प्रा डा धर्मराज डङ्गोल, डा इशान गौतम र निर्मला प्रधानले संग्रहालयको वस्तुस्थितिबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत प्रकृति संरक्षणका क्षेत्रमा क्रियाशील विभिन्न निकायका प्रमुख÷प्रतिनिधिले वृक्षरोपण गर्नुभएको थियो ।

विसं २०३२ साउन २ गते स्थापना भएको उक्त सङ्ग्रहालयमा दुई टाउके सर्प, एक टाउको र दुई जीउ भएको सुगुर, बाख्राको आठ खुट्टे पाठी, कुखराको चार खुट्टे चल्ला, सेता काग, नेपालबाटै लोप भइसकेको रामगाई र आदिमानव रामानिपिथेकसको बङ्गरालगायत दुर्लभ नमूना सङ्ग्रहित छन् ।

सङ्ग्रहालयका प्रमुख प्रा डा डङ्गोलले घुम्ती प्रदर्शनी, सेमिनार, गोष्ठी, तालीम सञ्चालन गरी जैविक विविधताको संरक्षणमा सङ्ग्रहालयको महत्व र संरक्षण शिक्षाबारे जनचेतना अभिवृद्धि गर्ने गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

सम्बन्धित

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com