ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनितीक गतिरोध अन्त्य भइसकेको छ : प्रधानमन्त्री ओली


admin
आश्विन २७, २०७५ शनिबार  १० : २३ बजे

काठमाडौं,२७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि विभिन्न क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

शुक्रबार गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतलाई सम्झेर एक अर्कामा दोष लगाउनु भन्दा सबैको सहकार्यबाट समृद्ध नेपालको अवधारणामा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले लिएको लक्ष्य प्राप्तीको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीलाई देशमा भित्¥याइ उर्जा ,पुर्वधार लगायतका विभिन्न महत्वकांक्षी योजनाहरु कार्यन्वयनका लागि सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । उँहाले गैरआवासिय नेपालीहरुको हक अधिकार संविधानमा नै स्पष्ट पारेको दावी गर्दै निजी क्षेत्रको लगनीका लागि आवश्यक निती नियम तर्जुमा गरी लगानीको वातावरण बनाउन सरकारले पहल सुरु गरिसकेको जानकारी दिनुभयो ।

उँहाले लामो राजनितीक गतिरोध अन्त्य भइसकेकाले लगानीमैत्री वातावरण बनेको जिकिर गर्नु भयो । प्रधानमन्त्री ओलीले सम्भाव्य क्षेत्रमा लगानी गर्न चाहे त्यसको सुरक्षाको जिम्मा सरकारले नै लिने दावी गर्नु भयो । गैरआवासीय नेपालीले नेपालभित्र ठूला आयोजनाहरुमा लगानीको अवसर रहेको भन्दै खुलेर लगानी ल्याउन आह्वान गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले विदेशमा सिकेको ज्ञान र सीपसंगै नेपालमा लगानी गरेर समृद्ध नेपाल बनाउन आफुहरु दृढ रहेको बताउनुभयो ।

काठमाडौंमा सुरु भएको विज्ञ सम्मेलनमा विभिन्न देशबाट आएका विज्ञहरुले कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको छ । कार्यपत्रका विषयमा छलफलबाट निश्कर्ष सहितको श्वेतपत्र जारी गर्ने र सरकारलाई सुझाव स्वरुप बुझाउने संघको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

सम्बन्धित

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com