
काठमाडौ,२६ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागु औषधको मूल नै सुकाउने गरी अभियान सुरु गर्नुपर्ने बताएका छन् । शुक्रबार गृह मन्त्रालयले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा गृहमन्त्री थापाले उक्त कुरा बताएका हुन् ।
गृहमन्त्री थापाले लागु औषध उन्मूलन र मदिरा नियन्त्रण गर्ने कार्यमा जनतासँगको सहकार्यबाट सरकार अगाडि बढ्न तयार रहेको बताएका छन । ‘समृृद्ध नेपाल, सुखी नेपाली’ र समाजवादको वाधक पनि मदिरा, लागु औषध नै भएको गृहमन्त्री उनको भनाइ छ ।
‘मदिरा नियन्त्रण र लागु औषध निषेधलाई जनताको साथसँगै आन्दोलनको रुपमा अगाडि बढाउनुपर्छ । यसका लागि सरकारमात्रै होइन, हरेक वडा–वडा जाग्नुपर्छ । ७० प्रतिशत महिलाहरु मदिरा पिउनेबाट पीडित रहेको गृहमन्त्री थापाले बताएका छन ।
मुलुकको युवाशक्ति लागु औषधको लतमा फसिरहेकोमा चिन्ता व्यक्त गर्दै गृहमन्त्री थापाले शान्त र अनुशासित समाज निर्माणमा सबैको भूमिका रहने बताएका छन । समाजवादको प्राप्तिपछि मात्रै जनता सुखी हुने गृहमन्त्री थापाले बताए ।
सोही कार्यक्रममा गृहमन्त्री थापाले अझै पनि मुलुकको शान्ति, स्थिरता र एकता भाँड्न केही तत्व सक्रिय रहेको बताए ।







प्रतिक्रिया दिनुहोस्