ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोट-डाेल्पा सडककाे स्थलगत अनुगमन


एबीसी न्यूज

त्रिपुराकाेट(डाेल्पा),  २१ असाेज ।  हिमाली जिल्ला डाेल्पालाई राष्ट्रिय सडकसंञ्जालमा जाेड्ने सडककाे रुपमा निर्माण भएकाे जाजरकोट-डाेल्पा सडकखन्डकाे स्थलगत अनुगमन गरिएको छ ।
अनुगमनकालागि सेनाकाे हेलिकप्टरबाट डाेल्पा पुगेका महालेखा परिक्षकको कार्यालयका प्रमुख दामोदर पुडाशैनी , रक्षा मन्त्रीको नीजि सचिवालयबाट प्रभात विक्रम कटुवाल,रक्षा मन्त्रालयक सह सचिव तुलसीराम सेडाई , अर्थ मन्त्रालयका उपसचिव तिर्थराज सिलवाल , भौतिक पुर्वधार तथा तायायात मन्त्रालयबाट सह सचिव राजेन्द्र शर्मा , सह सचिव हरी वस्याल ,सडक विभागका सहसचिव मुक्ती गौतम , सह सचिव अर्जुनजंग थापा , नेपाली सेनाका विकास निर्माण निर्देशनायल निर्देशक सहायकरथी रामधर सिंह सहितकाे टोलीले सामुहिक अनुगमन गरेकाे हाे ।
११७ दशमलव ७ किमि लम्बाई भएकाे जाजरकाेट डाेल्पा सडक खण्डकाे एकसाता अगाडिमात्रै अन्तिम भीरकाे रुपमा निर्माणकार्य भईरहेकाे तरपरे भिर छिचाेलेर पुर्ण रुपमा ट्रयाक खुलाईएकाे थियाे । अनुगमन टाेलीले जाजरकोट-डाेल्पा सडकखन्ड अन्तर्गतकाे खदाङ त्रिपुराकाेट खन्डकाे चिप्लेभीरमा हेलिकप्टर अवतरण गरेर सडककाे स्थलगत अनुगमन गरेकाे जाजरकोट डाेल्पा सडक निर्माण कार्यदल प्रमुख कर्णेल बिश्वबन्धु पहाडिले जानकारी दिए । थुप्रै भाैगाेलिक कठिनाईका बाबजुत पनि अाँखा घुमाउने भीर खाेपेर चाैडा गाडी गुड्ने सडक निर्माण गरेकाे भन्दै अनुगमन टाेलीले सेनाकाे प्रशंसा समेत गरेकाे थियाे । डाेल्पा जाेड्ने सडककाे पुर्ण रुपमा ट्रयाक खुलिसकेकाले जिराे पाेईन्टकाे रुपमा रहेकाे जाजरकाेटकाे पासगाड देखि डाेल्पाकाे दुनैसम्म सिधा यातायात संञ्चालनमा ल्याउन सडककाे बिचबिचमा पर्ने खाेलाहरुमा पक्की पुल निर्माणमा जाेड दिईने अनुगमन टाेलीले जनाएकाे छ ।
त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने खदाङसम्मकाे ८७ किमि सडक निर्माणकार्य सम्पन्न भएर जीप,ट्रयाकटर लगायतका यातायात संञ्चालनमा ल्याईसकिएकाे पहाडीले बताए । तिहारभित्रै जाजरकोट डाेल्पा सडककाे अाैपचारिक उद्घाटन गर्ने तयारी भईरहेकाे सेनाले जनाएको छ ।  अनुगमन टाेलीले कर्णाली करिडोर ,फुलालु-लैभु सडकखण्ड सिमीकोटकाे पनि अाजै अनुगमन गर्ने कार्यक्रम रहेकाे बताईएकाे छ । उक्त टाेलीले नेपालकै गहिराे शे फाेक्सुन्डाे तालकाे अाकाशबाटै अवलाेकन गर्नुका साथै सदरमुकाम दुनैमा सुरक्षा प्रमुखहरुसँग भेटघाट समेत गरिएकाे बताईएकाे छ । त्यसैगरि अनुगमन टाेलीले त्रिपुरा सुन्दरी नगरपालिका १ मा रहेकाे प्रशिद्द शक्तिपिठ त्रिपुरा सुन्दरी मन्दिरमा सामुहिक पुजापाठ समेत गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com