ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकैपटक १७ सय नेपाली चेलीले किन लिए तालिम, कारण यस्तो


एबीसी न्यूज
आश्विन २१, २०७५ आईतबार  ११ : ४७ बजे

काठमाडौं, २१ असोज । बलात्कार लगाएत महिलामाथि हुने अन्य हिंसा बढ्दै गएपछि सुुदुरपश्चिम प्रदेशको धनगढी रंगशालामा करिव १७ सय महिलाहरुले एकैसाथ आत्मरक्षा तालिम लिइरहेका छन् । निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने पत्ता नलाग्नु र त्यसपछि पनि बलात्कारका घटना बढ्दै गएपछि समाजमा उत्पन्न त्रासका कारण किशोरी, युवती र महिलाहरुमा आत्मरक्षा तालिम लिने अभुतपुर्व उत्साह देखिएको छ ।

आयोजकले तालिममा १ हजारलाई सहभागी गराउने लक्ष्य लिएका भए पनि आत्मरक्षा शिविरमा १७ सय महिला सहभागि भएका छन् । तालिम लिनेमा विभिन्न बिद्यालयका कक्षा ७ देखि कक्षा १२ सम्मका किशोरी, क्याम्पसका छात्राहरु, संस्थामा आबद्ध महिला लगायत रहेका छन् ।

आत्मरक्षा तालिम लिनेमा १४ देखि २० वर्ष सम्मका किशोरीको संख्या बढी रहेको छ। यस प्रदेशमा बलात्कार लगायतका महिला हिंसाको बिरुद्धमा आत्मरक्षा तालिम दिइएको छ ।

मुलुकमा दिनप्रति दिन बढ्दै गएको बलात्कार तथा महिला हिंसाको घटनालाई लक्षित गरी एक हप्ते आत्मरक्षा सम्बन्धी शिविर संचालन गरेको राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका महासचिव प्रकाश चन्दले बताए । निर्मलाको हत्या पछि पनि बढ्दै गएका बलात्कारका घटनाले समाजमा कति त्रास उत्पन्न उत्पन्न भएको छ भन्ने कुरा यो उत्साहपुर्ण सहभागिताले देखाएको महिला अधिकारकर्मी बिनु चौधरीले बताइन् ।

बलात्कार लगायतका महिलामाथि हुने हिंसा आत्मरक्षा गर्ने साहस र क्षमता मिलोस भनेर तालिममा सहभागी भएको महिलाहरुले बताएका छन्। उनीहरु यो तालिम सिकेपछि आफु बिरुद्ध हुने हिंसाका बिरुद्ध जुध्ने र आत्मरक्षा गर्ने क्षमता विकास हुने विश्वास लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

सम्बन्धित

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही

लिवाङबाट प्रचण्डले भने: राष्ट्र संकटमा छ, नयाँ अभियान चलाऔँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com