ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काटिएको टाउको लिएर हिँड्ने युवा को हुन ? वास्तविकता यस्तो छ


एबीसी न्यूज

काठमाडौं,१९ असोज ।  पछिल्लो समय बलात्कारका घटनामा बृद्धि भएसँगै बलात्कारीलाई कडाभन्दा कडा कारवाहीको माग भइरहेको छ ।
यसै सन्दर्भमा केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न फेसबुक ग्रुपहरुमा एउटा भिडियो भाइरल भएको छ । जसमा एकजना युवकले शरीरबाट छुट्टिएको टाउको हातमा बोकेर हिँडिरहेको देखिन्छ र उनी प्रहरी चौकी सम्म पुग्छन् । उनको सर्टमा रगत लतपतिएको छ ।

सामाजिक सञ्जालहरुमा आफ्नी बहिनीलाई बलात्कार गर्ने युवकलाई किशोरीको दाईले घाँटी छिनाएर सजाय दिएको र टाउको लिएर प्रहरीलाई बुझाएको भन्दै सामाजिक सञ्जालहरुमा सेयर भइरहेको छ ।
यसलाई कतिपयले नेपालमा पनि भरखरै यस्तो भयो भन्दै पोस्ट गरिरहेका छन् भने कतिपयले भारतमा बलात्कारीलाई पीडितका दाइले कारवाही गरेको भन्दै प्रचार भइरहेको छ ।
भारतमा पनि हंगामा
यो भिडियोले भारतमा पनि केही दिन यता यो भिडियोले हंगामा मच्चाइरहेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएको छ ।
सामाजिक सञ्जालहरुमा भारतीय कांग्रेसका नेता राफिक अलीले नीलमको बलात्कार गरे र उनको भाइले राफिकको टाउको काटे भन्दै भिडियो भाइरल भइरहेको छ ।

यस्तो छ वास्तविकता
यो भिडियो बहिनी बलात्कारमा परेको भन्दै उनका दाइले बलात्कारीको टाउको काटेको घटनासँग जोडिएर नेपालमा चर्चा भइरहेपनि वास्तविकता भने त्यस्तो छैन ।

यो घटना भारतको कर्नाटकको मंड्या जिल्लाको हो । २९ सेप्टेम्बर९असोज १३० गते चिकाबगिलू गाउँमा बस्ने २४ वर्षीय पशुपतिको गाउँका २८ वर्षीय गिरीशसँग झगडा भयो ।

झगडामा गिरीशले पशुपतिको आमालाई फोहरी शब्द प्रयोग गरि गाली गरे । त्यसपछि पशुपतिले होस गुमाए र गिरीशको शिर काटिदिए । काटिएको शिर आफ्ना हातमा लिएर पशुपति मालावती प्रहरी चौकीसम्म पुगे ।
मालावाली प्रहरी शिवप्रकाश देवराजूले घटनाको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com