ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडपर्व ढुक्कले मनाउनुहोस् सुरक्षा जिम्मा हामी लिन्छौं – एसपी राठौर


एबीसी न्यूज

चितवन ,  १९  असोज । नेपालीहरुको महान चाड दसैँतिहार र छठ पर्वलाइ लक्षित गर्दै चितवन प्रहरीले जिंल्लाभरको सुरक्षा व्यवस्था  कडा बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरले चितवन देशको मध्यभागमा अवस्थित रहेको जिल्ला भएको र यस क्षेत्रमा दसैँ तिहारका दिन धेरै नै मानिसहरुको आवतजावत हुने र आर्थिक कारोबारहरु पनि बढी हुने भएकोले त्यसलाई मध्ययनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्थालाई कडाइ र प्रभावकारी बनाउन विस्तृत सुरक्षा योजना निर्माण गरेको बताएका छन् । 
प्रहरीको सुरक्षा योजनामा दसैँमा जिल्ला बाहिर दसैँ मान्न घर जाने सर्वसाधारणलाई निर्धक्क भइ  चाड मनाउन र आवश्यक सुरक्षा प्रहरीले दिने र सूचना उपलब्ध गराए तुरुन्तै प्रहरी घरदैलोमा पुग्ने गरी कार्ययोजना बनाएको भन्दै सबैलाई ढुक्क रहन आग्रह गरेको छ । एसपी राठौरले दसैँतिहारमा राजमार्ग भएर आवतजावत गर्ने यात्रुहरुको सहजताका लागी चितवनको तीन ठाउँमा प्रहरी सहायता कक्ष समेत स्थापना गरिएको बताए ।
उनका अनुसार यसरी सहायता कक्ष स्थापना हुनेमा नारायणगढको पोखरा बसपार्क, भरतपुरको गोन्द्राङ र पारस बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षबाट यात्रुहरुलाई चाडपर्वमा पर्ने समस्याको प्रहरीले तत्कालै समाधान गरिने योजना सहित प्रहरीले आवश्यक सुरक्षा दिइरहेको समेत प्रहरीले बताएको छ । साथै, उनलेे चितवनकोो नारायणगढ अत्ति ब्यस्त शहर भएको र दसैँतिहारमा हुन सक्ने लुटपाट, व्यापारीहरुबाट ठगीका घटनाहरु हुने सम्भावनालाई ध्यानमा राख्दै शहरको भित्री गल्लीदेखि चोक चोकसम्म सादा पोशाकमा प्रहरीहरु खटिने समेत उनलेे बताए ।
उनलेे घट्ना घटिहालेको खण्डमा तुरुन्तै घट्नास्थलमा पुगेर रङ्गेहात पक्राउ गर्ने लगायत आवश्यक सुरक्षा प्रबन्ध समेत मिलाएको बताए । चाडपर्वमा धेरै आर्थिक कारोबार हुने बैँक तथा बित्तिय संस्था माथि पनि प्रहरीले विशेष निगरानी राख्ने उनलेे बताए । दसैंमा मानिसहरू घरमा नहुने साथै, चोरीका समेत सम्भावना हुने भएकोले त्यस्ता घरहरुमा पनि प्रहरीले चौंबिसै घण्टा निगरानी राख्ने गरी योजनाहरु तयार पारिएको जानकारी दिए । प्रहरीले अवैध मदिरा उत्पादन बिक्रीवितरण नियन्त्रण तथा चेकजाँच, आगोलागीका तथा बिपद् घट्ना नियन्त्रणलाई पनि मुख्य प्राथमिकतामा राखेको छ ।
प्रहरीले तयार पारेको योजना अनुसार राजमार्गको सुरक्षा गाडी मोबाइलबाट गर्ने र त्यस्को लागी मौवाखोलादेखि लोथरसम्म र भित्री सडकमा समेत १४ वटा प्रहरी कार्यालयबाट ५६ जना प्रहरी परिचालित हुनेछन् । त्यस्तै, जिल्लाभर विभिन्न चोकमा पिकेट ड्युटीको लागि २६ वटा प्रहरी कार्यालयबाट ३ र ४ जनाको दरले ९१ जना प्रहरी परिचालित हुने छन् । पटका र विष्फोटक पदार्थ नियन्त्रणको लागी ८ प्रहरी कार्यालयबाट ४८ जना प्रहरी खटिँदै छन् । जुवातास, लंगुरबुर्जा र कौडालाई नियन्त्रण गर्नको लागी पाँच वटा प्रहरी कार्यालयबाट पाँच जनाको दरले ४२ जना परिचालित हुन्छन् ।
बैँक तथा वित्तिय संस्था र सुनचाँदी पसल लुटपाट हुन नदिन ११ वटा प्रहरी कार्यालयबाट ५५ प्रहरी खटिने छन् । जिल्लाबाट जम्मा ४५६ जना प्रहरी चितवनका नागरिकको सुरक्षामा खटिने प्रहरीले सार्वजनिक गरेको सुरक्षा योजनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com