ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धलाई शान्तिमा बदल्नु जोखिम र चुनौतीपूर्ण कार्य थियो– अध्यक्ष प्रचण्ड ( भिडियोसहित)


एबीसी न्यूज
आश्विन १८, २०७५ बिहीबार  ९ : ४४ बजे

काठमाडौं, १८ असोज । दर्जनौं उतारचढाव पार गर्दै वि.सं. २०७४ असोज १७ पहिलो घोषणा गरेका तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वि.सं. २०७५ जेठ ३ गतेको समारोहमार्फत् औपाचारिक रुपमा पार्टी एकता गरे । गत वर्ष असोज १७ गते राष्ट्रिय सभामा भएको पार्टी एकता घोषणा प्रक्रियाको सुरुवाती चरणले धेरै राजनीतिक पण्डितहरु मात्र होइन तत्कालिन एमाले र माओवादी केन्द्रका कैयौं नेता कार्यकर्ताको पनि दिमाग चक्कराएको थियो । धेरैलाई लागेको थियो, कहिल्यै मिल्न नसक्ने राहु र केतु कसरी एक भए ? तर, अन्तर्यमा त्यस्तो भएको थिएन । अन्तर्य त धेरै पहिलेदेखि नै यौटै कम्युनिष्ट पार्टी बनाउने केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको हुटहुटी थियो । त्यो हुटहुटीले दुई धु्रवका कम्युनिष्ट धारलाई यौटै मध्यमार्गी धु्रवमा ल्याउन भूमिका खेलेको थियो ।
‘टुटफुट र विभाजनको दुःखदायी शृङ्खलालाई अन्त्य गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी–केन्द्र) बीच भइरहेको पार्टी एकीकरण नेपाली इतिहासकै दूरगामी र अविस्मरणीय परिघटना हो । पार्टी एकीकरणबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाको दस्तावेजमा लेखिएको छ  ।

‘यस एकीकरणले कमरेड पुष्पलाललगायत अग्रजहरुले सुरु गर्नुभएर बीचमा टुट्न पुगेको इतिहासको कडीलाई मात्रै जोडेको छैन, न्यायप्रेमी नेपाली जनताको वर्षौं पुरानो आकाङ्क्षालाई पनि मूर्त रुप दिएको छ । यसले मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई गुणात्मक ढङ्गले नै सकारात्मक बनाएको छ, यसले राष्ट्रियता, लोकतन्त्र, राजनीतिक स्थायित्व र समृद्धिका लागि ठोस योगदान गरेको छ र नेपाललाई एक्काइसौं शताब्दीको पहिलो समाजवादी मुलुकका रुपमा स्थापित गर्ने आधार तयार गरेको छ ।’

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले यस्तो प्रतिबद्धता जाहेर गरेर नेपालको कम्युनिस्ट आन्दोलन मात्र एकीकृत गरेनन कि राजनीतिक कार्यदिशामा बोक्दै आएका पुरातन मान्यतामाथि प्रहार गर्दै नेपाली वस्तुगत राजनीतिक अवस्थाको सही बुझाई प्रस्तुत गरे ।
देशलाई राजनीतिक स्थिरताको बाटोबाट समाजवादी मुलुकमा पु¥याउने यी दुई शिर्ष नेताको उद्घोष नेपालका सबैखाले सशस्त्र विद्रोहको सन्निहित उद्देश्यको गुदी कुरा पनि थियो ।

कम्युनिस्ट आन्दोलनमा देखिएको सशस्त्र विद्रोहप्रतिको चरम उदासीनता र जनयुद्धको नीतिहीनताको अवस्थामा वि.सं. २०४३ तिरबाट विभिन्न तरिकाले कोसिस गर्दै गरे पनि वि.सं. २०५२ बाट तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा योजनाबद्ध रुपले जनयुद्ध सुरु भएको थियो । त्यसअघि नै तत्कालिन नेकपा एमालेका नेताहरुको अगुवाईमा २०२८ सालमा झापा विद्रोह भैसकेको थियो । यी दुवै विद्रोह नेपालको कम्युनिष्ट इतिहासको कहिल्यै नमेटिने तथ्य हो । दुवै सशस्त्र विद्रोहको उद्देश्य दस्तावेजमा जेसुकै लेखिएको भए पनि नेपालको समाज परिवर्तनमा कम्युनिस्टहरुलाई निर्णायक शक्तिमा बदल्ने नै थियो । तर झापा विद्रोहको हतियार बिसाउन धेरै समय नलागे पनि माओवादी विद्रोहको हतियार बिसाउन भने एक दशकभन्दा बढी समय लाग्यो । सो विद्रोहको उद्देश्यको सुरक्षित अवतरण गर्न अर्को एक दशक अलमलिनु प¥यो । अन्त्यमा सबैखाले विद्रोहको अवतरण गर्दै एमाले र माओवादीबीच असोज १७ पार्टी एकताको घोषणा हुनु आफैमा ऐतिहासिक परिघटना थियो ।

नेपालका प्रमुख कम्युनिस्ट घटकको सहकार्यले  देशमा ठूल्ठुलो परिवर्तन ल्याएको छ । अकल्पनीय जस्तै मानिएको राजतन्त्रको अन्त्य भएर देशमा गणतन्त्र र सोहीअनुरुप जनताका प्रतिनिधिले नै संविधान बनाउन सफल हुनुमा कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यले समेत ठूलो काम गरेको थियो । त्यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गरिसकेपछि उपलब्धि संस्थागत गर्न अर्थात् झापा विद्रोहदेखि जनयुद्ध समेतका सबै सशस्त्र विद्रोहको पवित्र उद्देश्यलाई पूरा गर्न विभक्त कम्युनिस्ट पार्टीको एकता अनिवार्य सर्त बन्न पुगेको थियो । बाह्र वर्षे द्वन्द्व र त्यसपछिका बाह्र वर्षको परिस्थिति विल्कुल फरक परिस्थिति भएकै कारण एमाले माओवादी एकता सम्भव भएको हो ।
पार्टी एकताबारे २१ गते विमोचन हुँदै गरेको ऐतिहासिक सन्दर्भहरु संगालिएको पुस्तक अवतरणका लागि एबीसी मिडिया ग्रुपका अध्यक्ष शुभशंकर कँडेलसँग कुरा गर्दै प्रचण्डले भनेका छन्, ‘युद्धलाई शान्तिमा बदल्नु जोखिम र चुनौतीपूर्ण कार्य थियो  । मेरा लागि यो अवसर थियो । सम्राट् अशोक पछि बौद्धमार्गी भए । मलाई पनि उनीजस्तै बन्ने अवसर प्राप्त भयो । मेरा लागि यो दुर्लभ अवसर हो । मसँग अरू विकल्प पनि थिएन । मैले हतियार र लडाकू व्यवस्थापनको जोखिम लिएँ, जसका कारण पार्टी फुट्यो, हामी तेस्रो भयौँ । यसमा मलाई पछुतो छैन । तर फेरि नेपालको कम्युनिस्ट आन्दोलन नै एकीकृत गरेर देशलाई राजनीतिक स्थिरता र समृद्धिको बाटोमा अघि बढाउने तहमा पुगेका छांै । यसमा मलाई गर्व छ’ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यौटै एकीकृत कम्युनिष्ट पार्टी (नेपाल कम्युनिष्ट पार्टीं नेकपा स्थापनाको उद्देश्य पनि पुरा गरेका छन् । यो एकीकृत कम्युनिष्ट पार्टीलाई फेरि पनि टुट फुट र विभाजनबाट जोगाई, गुट र उपगुटहरुबाट जोगाउँदै राष्ट्र निर्माणको बाटोमा अघि बढाउने दायित्व फेरि पनि यी दुई शिर्ष नेताकै टाउकोमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com