ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमसंचार माध्यममा विपद्का बेला ज्येष्ठ नागरिकप्रति बेवास्ता


एबीसी न्यूज

काठमाडौँ, १६ असोज।  विपद्का बेला संचार माध्यमहरुमा ज्येष्ठ नागरिकका आवाज बुलन्द नहुने र उनीहरु अक्सर अदृष्य रहने एक अध्ययनले देखाएको छ ।
“२०७२ को महाभूकम्प पश्चात् तीन ठूला अखवारमार्फत् तीन महिनासम्म ज्येष्ठ नागरिकसम्बन्धी जम्मा तीन दर्जन सामाग्रीहरु मात्र प्रकाशित भए,” विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा अधिकार तथा गरिमा केन्द्रद्वारा आयोजित एक पत्रकार भेलामा अध्येता चुनबहादुर गुरुङले भन्नुभयो, “प्रकाशित कुल समाचारमध्ये निजी क्षेत्रको एक नेपाली दैनिक पत्रिकाले जम्मा समाचारको ५९ प्रतिशत प्रकाशन गरेको पाइयो भने अग्रेजी दैनिकले १४ प्रतिशत गर्दाे सरकारी संचार माध्यमले भने २७ प्रतिशत मात्र ज्येष्ठ नागरिक सम्बन्धी सामाग्री प्रकाशन गरेको पाइयो ।” अझ उदेक लाग्दो कुरा त के छ भने, एघार संचार माध्यमले संप्रेषण गरेको समाचारमा ज्येष्ठ नागरिकसम्बन्धी कुनै चियोचर्चा गरेकै पाइएन ।
यसले माथि उल्लेखित अनुसन्धान नतिजालाई पछ्याएको छ । राष्ट्रिय मानवअधिकार आयोगद्वारा केही वर्षअघि सम्पन्न ज्येष्ठ नागरिकसम्बन्धी दूव्र्यवहार सम्बन्धी एक अध्ययनले यसै तथ्यलाई पुष्टी गरेको छ ।

अध्ययनले के देखायो भने, ज्येष्ठ नागरिकको समाचार प्रहरीमा आपराधिक मुद्धाका रुपमा दर्ता भएपछि मात्र ती घटना वा दुव्र्यवहार समाचारका रुपमा समेटिने गरेको पाइयो । प्रकाशित खबरहरु पनि समाचारपत्रका कुनो पातोमा खुम्च्याइएको अध्ययनले देखाएको थियो । विपद्का बेला आमसंचारका माध्यमहरुको अहम् भूमिका रहन्छ । “तर विपद्को उद्धार चरणमा अधिकांश ज्येष्ठ नागरिक जीवनरक्षा सम्बन्धी सूचनाका निम्ति परिवार, साथीभाई र छिमेकीका भर पर्ने गरेका छन्” गुरुङले भने, “६२.२० प्रतिशत उत्तरदाताहरु जीवनरक्षक सूचनाका निम्ति परिवार, साथीभाई र छिमेकीका भर पर्छन् भने २२.८३ प्रतिशत ज्येष्ठ नागरिकहरु स्थानीय एफएम रेडियोमा निर्भर रहने गरेको पाइयो ।”

यस अध्ययनको नतिजाले अन्तर्राष्ट्रिय संचारमाध्यमले चित्रण गर्ने गरेको जस्तो, विदेशी दाताहरुको सहायोगबाट मात्र ज्येष्ठ नागरिक सुरक्षित हुने कुरालाई गलत सावित गरिदिएको छ । साथै विपद्का बेला ज्येष्ठ नागरिकको जिवन रक्षालाई गलत रुपमा चित्रण गर्ने गरेको तौरतरिकालाई चुनौति दिएको छ ।अझै पनि, विदेशी संचारमाध्यमहरुले ज्येष्ठ नागरिकका साथै विपद् प्रभावित समुदायहरु सहायता विहीन हुने र बाहिरी अनुदानले मात्र बाँच्ने तस्वीर चित्रण गर्ने गर्दछन्।

जनसांख्यिक सूचकांकका अनुसार अबको विश्व, “ज्येष्ठ नागरिकहरुको संसार” का रुपमा रुपान्तरित हुदैछ । यसबाट नेपाल पनि अछुतो रहन सक्दैन । उच्चदरमा वृद्धि भइरहेको ज्येष्ठ नागरिकहरुबारे आमसंचारका दृष्टिले निरन्तर अनुसन्धानमा विशेष ध्यान दिनुपर्ने अध्ययनले देखाएको छ । गलत ढंगले संप्रेषित खबर र उल्टो बुझाइँका कारण विपद्का बेला जिवन रक्षामा झन गम्भिर समस्या खडा हुने भएकोले समाचार संप्रेषण, लेखन र सामाजिक सन्देश प्रसारण बारेमा गर्दा थप अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com