ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुर्दिस्तानमा नयाँ संसदका लागि मतदान


admin

  इराक, १४ असोज । इराकको स्वायत्त क्षेत्रको मान्यता पाएको कुर्दिस्तानमा नयाँ संसदका लागि मतदान शुरु भएको छ । कुर्दिस्तानमा गत वर्ष स्वतन्त्रतासम्बन्धी जनमतसङ्ग्रह गरिएपछि क्रोधित भएको बग्दादका कारण कुर्दिस्तानमा आर्थिक सङ्कट उत्पन्न भएको छ ।

इराकको उत्तरी क्षेत्रमा रहेको कुर्दिस्तानमा तीनवटा प्रान्त छन् । यहाँ करिब ३१ लाखले मतदान गर्दैछन् । एकसय ११ सदस्यीय संसदका लागि २९ वटा राजनीतिक दलका ६ सय ७३ जनाले चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यहाँका ११ वटा सिट भने धार्मिक तथा जातीय अल्पसंख्यकहरुका लागि छुट्याइएको छ । तीमध्ये पाँचवटा सिट टर्केली उम्मेदवारका लागि, पाँचवटा इसाई समुदायका लागि र एउटा आर्मेनियाली समुदायका लागि छुट्याइएको छ ।

इराकी कुर्दहरु इस्लामिक स्टेट्स जिहादी समूहका बिरुद्धको युद्धमा अमेरिकाका मुख्य साझेदार रहिआएका छन् । उनीहरु छुट्टै मुलुकको मान्यताका लागि पश्चिमा मुलुकबाट सहयोग प्राप्त हुने विश्वासमा छन् ।

सेप्टेम्बर २०१७ मा गरिएको स्वतन्त्रता सम्बन्धी जनमत सङ्ग्रहमा “हुन्छ” भन्ने पक्षमा व्यापक मत प्राप्त भएको थियो । तर यसलाई इराकी सरकारले अवैधानिक ठहर्याएको छ । यसबाट खनिज तेलमा सम्पन्न कुर्दिस स्वायत्त क्षेत्रमाथि नकारात्मक प्रभाव परेको छ ।

बग्दादले कुर्दिस्तानमाथि आर्थिक दण्ड गर्नुका साथै खनिज तेलका मुख्य केन्द्रहरुबाट कुर्दिस सैनिकलाई हटाउन सैनिक कारबाही गरेको थियो । यसबाट खनिज तेलबाट हुने मुख्य आम्दानी कुर्दिस्तानले गुमाएको छ ।

यस निर्वाचनले कुर्दिस्तान र बग्दादबीचको सम्बन्धमा नयाँ अध्याय शुरु हुने अपेक्षा गरिएको २६ वर्षीय हउजार सलारले बताउनुभयो । उहाँ क्षेत्रीय राजधानी अर्बिलमा मतदानका लागि आउनुभएको छ ।

कुर्दिस्तानमा सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमाथि भएको आक्रमणपश्चात आर्थिक समृद्धि आएको थियो । यस अवधिमा कुर्दिस्तान बाहेक इराकका अन्य क्षेत्र गृहयुद्धमा फसेका थिए ।

तर सन् २०१४ मा आइएसको उदय तथा खनिज तेलको मूल्यमा कमी आएसँगै यहाँको अर्थतन्त्रमा नकारात्मक असर परेको थियो ।

सन् २०१४ यता इराकी कुर्दिस्तानले चार अर्ब डलरभन्दा बढी ऋण लिइसकेको छ । सरकारी विवरण अनुसार, इराकी कुर्दिस्तानमा अहिले मासिक ८५० डलरभन्दा कममा जीवन गुजारा चलाउनुपर्ने अवस्था छ ।

यता, गत मे महिनामा संसदको निर्वाचन भएपनि इराकमा नयाँ सरकार गठन हुन सकेको छैन । सोमबार बग्दादमा संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com