ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुर्दिस्तानमा नयाँ संसदका लागि मतदान


admin
आश्विन १४, २०७५ आईतबार  ५ : २४ बजे

  इराक, १४ असोज । इराकको स्वायत्त क्षेत्रको मान्यता पाएको कुर्दिस्तानमा नयाँ संसदका लागि मतदान शुरु भएको छ । कुर्दिस्तानमा गत वर्ष स्वतन्त्रतासम्बन्धी जनमतसङ्ग्रह गरिएपछि क्रोधित भएको बग्दादका कारण कुर्दिस्तानमा आर्थिक सङ्कट उत्पन्न भएको छ ।

इराकको उत्तरी क्षेत्रमा रहेको कुर्दिस्तानमा तीनवटा प्रान्त छन् । यहाँ करिब ३१ लाखले मतदान गर्दैछन् । एकसय ११ सदस्यीय संसदका लागि २९ वटा राजनीतिक दलका ६ सय ७३ जनाले चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यहाँका ११ वटा सिट भने धार्मिक तथा जातीय अल्पसंख्यकहरुका लागि छुट्याइएको छ । तीमध्ये पाँचवटा सिट टर्केली उम्मेदवारका लागि, पाँचवटा इसाई समुदायका लागि र एउटा आर्मेनियाली समुदायका लागि छुट्याइएको छ ।

इराकी कुर्दहरु इस्लामिक स्टेट्स जिहादी समूहका बिरुद्धको युद्धमा अमेरिकाका मुख्य साझेदार रहिआएका छन् । उनीहरु छुट्टै मुलुकको मान्यताका लागि पश्चिमा मुलुकबाट सहयोग प्राप्त हुने विश्वासमा छन् ।

सेप्टेम्बर २०१७ मा गरिएको स्वतन्त्रता सम्बन्धी जनमत सङ्ग्रहमा “हुन्छ” भन्ने पक्षमा व्यापक मत प्राप्त भएको थियो । तर यसलाई इराकी सरकारले अवैधानिक ठहर्याएको छ । यसबाट खनिज तेलमा सम्पन्न कुर्दिस स्वायत्त क्षेत्रमाथि नकारात्मक प्रभाव परेको छ ।

बग्दादले कुर्दिस्तानमाथि आर्थिक दण्ड गर्नुका साथै खनिज तेलका मुख्य केन्द्रहरुबाट कुर्दिस सैनिकलाई हटाउन सैनिक कारबाही गरेको थियो । यसबाट खनिज तेलबाट हुने मुख्य आम्दानी कुर्दिस्तानले गुमाएको छ ।

यस निर्वाचनले कुर्दिस्तान र बग्दादबीचको सम्बन्धमा नयाँ अध्याय शुरु हुने अपेक्षा गरिएको २६ वर्षीय हउजार सलारले बताउनुभयो । उहाँ क्षेत्रीय राजधानी अर्बिलमा मतदानका लागि आउनुभएको छ ।

कुर्दिस्तानमा सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमाथि भएको आक्रमणपश्चात आर्थिक समृद्धि आएको थियो । यस अवधिमा कुर्दिस्तान बाहेक इराकका अन्य क्षेत्र गृहयुद्धमा फसेका थिए ।

तर सन् २०१४ मा आइएसको उदय तथा खनिज तेलको मूल्यमा कमी आएसँगै यहाँको अर्थतन्त्रमा नकारात्मक असर परेको थियो ।

सन् २०१४ यता इराकी कुर्दिस्तानले चार अर्ब डलरभन्दा बढी ऋण लिइसकेको छ । सरकारी विवरण अनुसार, इराकी कुर्दिस्तानमा अहिले मासिक ८५० डलरभन्दा कममा जीवन गुजारा चलाउनुपर्ने अवस्था छ ।

यता, गत मे महिनामा संसदको निर्वाचन भएपनि इराकमा नयाँ सरकार गठन हुन सकेको छैन । सोमबार बग्दादमा संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

बुद्ध पूर्णिमाको अवसरमा म्यानमारमा १५ सयभन्दा बढी कैदीलाई आममाफी

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com